• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ९, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा

२०८२ चैत्र ९, सोमबार
२

अमेरिकामा श्रीमती र छोरीको हत्या गरेका थापाको प्रहरीको गोलीबाट मृत्यु

२०८२ फागुन १२, मंगलबार
३

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

२०८२ फागुन ११, सोमबार
४

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
५

गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षाको सम्भावना

२०८२ फागुन १०, आईतबार
६

टी- २० विश्वकपको सुपर आठमा आज श्रीलंका र इङल्याण्डको भिड्दै

२०८२ फागुन १०, आईतबार
७

वेस्ट इन्डिजलाई हराउदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

२०८२ फागुन १८, सोमबार
८

साम्बाको निःशुल्क उपचार गर्न काठमाडौं मेडिकल कलेजको प्रस्ताव

२०८२ फागुन १२, मंगलबार
९

एन्फाबाट उपचारमा सहयोग नपाएपछि साम्बाले गरिन् सहयोगको याचना

२०८२ फागुन ११, सोमबार
१०

सिंहदरबारमा नयाँ संसद भवन निर्माणमा करिब चारसय मजदूर २४ सै घण्टा काम गर्दै

२०८२ फागुन २८, बिहिबार
११

रुपन्देही- २ मा ५६ हजार ५५० मतसहित रास्वपाका सुलभ खरेल विजयी

२०८२ फागुन २३, शनिबार
१२

यी हुन ५० हजार मत कटाएर विजयी हुने रास्वपाका ४ जना उम्मेदवार

२०८२ फागुन २३, शनिबार

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० मंसिर ५, मंगलबार

  • २२२ पटक पढिएको
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।

    यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए । उनका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । ‘अगष्ट’ महिनादेखि हिउँदे आगन्तुक चरा आउन थालेको जनाउँदै उनले अहिले यस्ता चरा कतिपय आइसकेको र कतिपय आउन बाँकी रहेको बताए । यस्ता चरा ‘अक्टोबर’सम्म आउने उनले जानकारी दिए । नेपालकै पहाडी भागबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।

    चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा आउँछन् भने सुडसुडिया प्रजाति वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेको उनले बताए । उनले भने, “चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

    नेपालमा एक सय ५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गरेको जनाउँदै उनले अहिलेसम्म एक सय प्रजातिका चरा आइसकेको बताए । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उनले जानकारी दिए । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको उनले बताए ।

    नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल आठ सय ९२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा छ सय ५० प्रजातिका चरा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो बासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् । रासस

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रौतहटमा वर्षा र हावाहुरीले ४ करोड बराबरको काँचो इट्टा नष्ट

  • रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा

  • पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान सुरु

  • श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुबिधा नपाउने

  • समाचार
  • १

    रौतहटमा वर्षा र हावाहुरीले ४ करोड बराबरको काँचो इट्टा नष्ट
    २०८२ चैत्र ९, सोमबार

  • २

    रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा
    २०८२ चैत्र ९, सोमबार

  • ३

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान सुरु
    २०८२ चैत्र ९, सोमबार

  • ४

    श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुबिधा नपाउने
    २०८२ चैत्र ९, सोमबार

  • ५

    ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले बुधबार शपथ लिने
    २०८२ चैत्र ९, सोमबार

  • ६

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८२ चैत्र ९, सोमबार

  • ७

    पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार: तत्कालिन सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर
    २०८२ चैत्र ८, आईतबार

  • ८

    राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्ने झन्झट हट्यो
    २०८२ चैत्र ८, आईतबार

  • ९

    सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई १ करोड १६ लाख जरिवाना
    २०८२ चैत्र ८, आईतबार

  • १०

    चितवनको राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जना पक्राउ
    २०८२ चैत्र ८, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution