२०८२ कार्तिक २६, बुधबार
परिवारले घरमै उपचार जारी राख्ने निर्णय गरेको हुनाले डाक्टरले अब उनको उपचार घरमै गरिने बताएका छन् । यस विषयमा अस्पतालले आधिकारिक विज्ञप्ति पनि जारी गरेको छ ।
परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘धर्मेन्द्रजीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र घरमै आराम र उपचार जारी राख्नुहुनेछ । हामी मिडिया र आम जनतालाई विनम्रतापूर्वक अनुरोध गर्दछौं, कृपया कुनै पनि अनुमान नगर्नु होला र यस समयमा उहाँ र उहाँको परिवारको गोपनीयताको सम्मान गरिदिनुहोला । उहाँको निरन्तर स्वास्थ्यलाभ, सुस्वास्थ्य र दीर्घायुको लागि हामी सबैको माया, प्रार्थना र शुभकामनाको लागि हार्दिक आभारी छौं ।’
धर्मेन्द्रको स्वास्थ्यको बारेमा जानकारी दिँदै डा. प्रीतित सम्दानीले भनेका छन्- ‘धर्मेन्द्रजीलाई बिहान ७:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । परिवारले उहाँको उपचार घरमै गर्ने निर्णय गरेको हुनाले अब उहाँको उपचार घरमै गरिनेछ ।’
गत सोमबार स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना भएका धर्मेन्द्र बारे मंगलबार निधन भएको हल्ला चलेको थियो । मिडियाले निधन भएको समाचार प्रशारण प्रकाशन गरेपछि उनकी पत्नी हेमा मालिनी र छोरी इशा देओलले आपत्ति जनाउदै धर्मेन्द्र जीवित रहेको र उपचार जारी रहेको बताएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे