२०८२ कार्तिक २६, बुधबार
अख्तियारले शिक्षक निरौलाले २०५५ सालमा दीपिनी आधारभूत विद्यालय, दमक-५ झापाको प्रावि तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत २०७५ चैत्र २८ गते स्थायी नियुक्ति लिएको र सोहि विद्यालयमा प्रावि तह तृतीय श्रेणीको शिक्षकको रुपामा हालसम्म कार्यरत रहेकोमा उनले पेश गरेको बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको प्रमाण पत्र नक्कली भएको प्रमाणित भएको पुष्टि भएकाले बुधबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले निरौलाले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पुष्टि भएकोले शिक्षक पदमा कार्यरत रही तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरी कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे