२०८२ कार्तिक २८, शुक्रबार
जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए ।
पक्राउ पर्नेमा विराटनगर र जहदा गाउँपालिकाका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ, तर अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम गोप्य राखिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे