२०८२ मंसिर १, सोमबार
निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता माघ ६ गते तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
त्यस्तै माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ । उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । सोही दिन लगत्तै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिने छ ।
त्यस्तै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम मंसिर २० बाट प्रारम्भ हुने आयोगले जानकारी दिएको छ । जस अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१–२३ गते भित्र आयोगमा निवेदन दिनुपर्ने समय तोकिएको छ । त्यस्तै मंसिर २४ मा निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ । त्यसपछि पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय तोकिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे