२०८२ मंसिर १६, मंगलबार
आयोगले कटहरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहसमेत ७ जना र सरिता फाउण्डेसन काठमाडौंविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको हो ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, सहायक लेखापाल विवेक कुमार सहनी,सहायक स्तर पाँचौं राम नरेश प्रसाद यादव,सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास,खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रविरुद्ध मुद्दा दायर भएको हो।
यसैगरी आयोगले सरिता फाउण्डेसन काठमाडौं र सरिता फाउण्डेसनका निर्देशक सरिता कुमारी साहलाई विपक्षी बनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउण्डेनको नाममाचेक काटी मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा रहेको छ ।
अख्तियारले उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो र कानुन अनुसारको सजाय माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे