२०८२ मंसिर २१, आईतबार
२१ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमास्नथल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच पूर्वमन्त्रीसहित सचिवहरूविरुद्ध पनि मुद्दा चल्ने भएको छ ।
अख्तियारले अहिले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया गरिरहेको छ ।
स्रोतका अनुसार, सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ । त्यस्तै, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।
त्यस्तै, सञ्चालक समिति सदस्य मनरुप शाहीलाई पनि प्रतिवादी बनाइएको छ ।
सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डययन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य सचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्यलाई पनि विपक्षी बनाइएको छ ।
तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ । त्यस्तै, रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशबक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ ।
त्यस्तै, रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशबक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ ।
नागरिक उड्ड्यन प्राधिकरणका तत्कालीन उप महानिर्देशक रोशन चित्रकार, उपमहानिर्देशक ऋषिकेश शर्मा, उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेश कुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्णराज उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियार स्रोतका अनुसार ५६ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो । अनलाइनखबरबाट…।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे