२०८२ मंसिर २१, आईतबार
नवलपुरको देवचुली १ केउरेनी स्थित पूर्व पश्चिम राजमार्गमा दलदलेबाट अमरापुरी तर्फ आउदै गरेको प्र.३-०३-००१ प ८७३३ नं.को मोटसाइकल सडकमा डाईभर्सनको लागि राखिएको डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।



मोटरसाइकल चालक गैडाकोट न.पा-१४ अमरापुरी बस्ने बर्ष ३२ को जीवन क्षेत्रीको उपचारको क्रममा हिजो बेलुका नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको छ।
मोटरसाइकल पछाडी बस्ने सोही स्थान घर भएका बर्ष ३७ को शंकर क्षेत्रीको दुबै खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे