२०८२ माघ ७, बुधबार
आज बसेको मन्त्रिपरिषद बैठकले दुबै देशका नागरिकले प्रतिव्यक्ति भारु २५ हजार सम्म ल्याँउन वा लैजान पाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । यस्तै सरकरले दलहरुसंग वार्ता र छलफल गर्न ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गरेको छ ।



मन्त्रिपरिषद्को आज बसेको बैठकले कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिंन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र प्रधनमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्घाखाचीका डा प्रकाश कुमार श्रेष्ठ र सदस्यमा काठमाण्डौकी प्रा डा सुनीती श्रेष्ठहाडालाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी प्रचलित कानुनमा व्यवस्था भएकोमा वाहेक सेवा प्रवाहको प्रकृयामा कागजातको आधिकारिकताको लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे