२०८२ माघ २४, शनिबार
गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षिय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका ३० वर्षिय विनोदकुमार रहेका छन् ।



मृतक दुबै जना अग्नी नियन्त्रण प्लान्ट काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ । उनीहरु उद्योगको ग्यासी फायरको पोकिङ् फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि स्थानीय आक्रोशित हुदै उद्योगको लापरबाहीले घटना घटेको र दोषीलाई कारबाहीको माग गर्दै उद्योग घेराउन गरेका छन् । शव पोष्टमार्टमका लागि लैजान खोजेपनि स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै अवरोध गरेपछि अहिलेसम्म पठाउन नसकिएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे