• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २४, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
२

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
३

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
४

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
५

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
६

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
७

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
८

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
९

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१०

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
११

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
१२

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार

धेरै पढिएका

१

विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर

२०८२ माघ १४, बुधबार
२

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
३

विद्युतीय सुशासनमा छलाङ मार्दै कम्पनी रजिष्ट्रारको कार्यालय

२०८२ माघ ६, मंगलबार
४

चलचित्र ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध

२०८२ माघ १०, शनिबार
५

नवलपुरले २ जना केन्द्रीय सदस्य पाउने दाबी

२०८२ पौष २९, मंगलबार
६

कावासोतीमा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

२०८२ माघ ७, बुधबार
७

कांग्रेसको बिशेष महाधिबेशनमा नवलपुरबाट ४२ जना प्रतिनिधि सहभागि हुने

२०८२ पौष २४, बिहिबार
८

देउवा तयार भएपछि काँग्रेसमा सहमतिको प्रयास, छलफलमा जुटे नेताहरु

२०८२ पौष २८, सोमबार
९

गैँडाकोट महोत्सवको समापन: २ लाख दर्शक, २० करोड बढीको आर्थिक कारोबार

२०८२ माघ १०, शनिबार
१०

कांग्रेसका नेतादेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत १ बाट भिड्दै 

२०८२ पौष २८, सोमबार
११

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय

२०८२ माघ २, शुक्रबार
१२

गैँडाकोट महोत्सवमा आज १४ हजारले गरे अवलोकन

२०८२ माघ ४, आईतबार

यातायात कार्यालय नवलपुरमा सवारी जाँचपासमै कमिसनको खेल

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ पौष १९, शनिबार

  • ४५० पटक पढिएको
  • दिपक भट्टराई, कावासोती – नवलपुरको यातायात ब्यवस्था कार्यालयमा सवारी साधन जाँचपास प्रक्रियामै खुलेआम कमिसनको खेल चलिरहेको पाइएको छ।

    जाँचपासका लागि यातायात व्यवस्था कार्यालयमा पुग्ने सेवाग्राहीबाट सरकारले तोकेको राजस्वभन्दा दोब्बर तेब्बर सम्म रकम असुल्ने गरिएको र त्यसको ठूलो हिस्सा बिचौलिया र केही कर्मचारीको खल्तीमा जाने गरेको स्रोतको दाबी छ

    सवारी जाँचपासका लागि तोकिएको सरकारी राजस्व निश्चित भए पनि व्यवहारमा भने सेवाग्राहीसँग “सेटिङ”का नाममा अतिरिक्त रकम माग्ने गरिएको छ। ठुलाभाडाका सवारी साधानको ७ सय र हलुका सवारी साधनका ५ सय रूपैया मात्रै राजस्व तिर्नै नियम भए पनि ३५ सय रूपैयासम्म उठाउने गरिएको छ । तीमध्ये निश्चित रकम मात्रै राजस्व खातामा दाखिला हुने र बाँकी रकम कर्मचारी–बिचौलिया सञ्जालमार्फत बाँडफाँड हुने गरेको स्रोतको भनाइ छ।

    स्रोतका अनुसार जाँचपास प्रक्रियामा प्राविधिक त्रुटि नदेखिए पनि “फाइल अड्किने”, “फेरि बोलाइने”, “लाइन कुर्नुपर्छ” जस्ता बहानामा सेवाग्राहीलाई मानसिक दबाब दिइन्छ। छिटो काम गराइदिने आश्वासन दिएर बिचौलियामार्फत अतिरिक्त रकम बुझाउन बाध्य पार्ने गरिएको छ।

    “राज्यले तोकेको राजस्व त हामीले नियमअनुसार रसिदसहित तिरेकै हुन्छौँ,” देवचुलीका एक यातायात व्यवसायीले गुनासो गर्दै भने, “तर त्यसबाहेक छुट्टै रकम नदिँदासम्म जाँचपास प्रक्रिया अघि नै बढ्दैन। फाइल अड्किन्छ, कहिले फेरि बोलाइन्छ, कहिले सामान्य प्राविधिक विषय देखाएर अनावश्यक झन्झट गरिन्छ।”

    उनका अनुसार कागजपत्र पूरा भएको र सवारी साधन प्राविधिक रूपमा ठीक हुँदाहुँदै पनि अतिरिक्त रकम नबुझाएसम्म जाँचपास सहज हुँदैन। “सबै कुरा मिलेको हुन्छ, तर ‘सेटिङ’ नगरेसम्म पास नहुने संकेत दिइन्छ,” उनले भने, “अन्ततः समय बचाउन र अनावश्यक दुःख झेल्न नपरोस् भनेर बिचौलियामार्फत पैसा बुझाउन बाध्य बनाइन्छ।”

    व्यवसायीले यस्तो अवस्था खुलेआम भइरहेको भए पनि उजुरी गर्न सक्ने वातावरण नरहेको बताए। “आज पैसा नदिए फाइल रोकिन्छ, भोलि फेरि यही कार्यालयमा काम लिएर जानुपर्छ भन्ने डर हुन्छ,” उनले भने, “त्यसैले धेरैजसो सेवाग्राही बोल्न सक्दैनन्, चुपचाप अतिरिक्त रकम तिरेर फर्किन बाध्य छन्।

    सरकारी नियमअनुसार सवारी साधन जाँचपासका लागि तोकिएको राजस्व निश्चित छ। कागजपत्र पूरा छन्, सवारी साधन प्राविधिक रूपमा ठिक छ भने प्रक्रिया सहज हुनुपर्ने हो। तर व्यवहारमा यहाँ नियमभन्दा बढी दोब्बर–तेब्बर रकम नतिरी जाँचपास असम्भवजस्तै बन्ने गरेको छ ।

    कावासोतीका अर्का एक यातायात व्यवसायीको गुनासो पनि उस्तै छ। उनले जाँचपास प्रक्रिया बिचौलिया र कर्मचारीबीचको मिलेमतोमा चलिरहेको आरोप लगाए।
    “बिचौलियाले नामै लिएर कर्मचारी देखाउँछन्— ‘इञ्जिनियर सरसँग कुरा मिलाउनुपर्छ’, ‘अधिकृत सरको साइन चाहिन्छ’ भन्दै डर देखाइन्छ,” उनले भने, “सामान्य प्राविधिक विषयलाई ठूलो समस्या बनाइन्छ, जाँचपास नै नहुने संकेत दिइन्छ।”

    उनका अनुसार हेडलाइटको उज्यालो, टायरको अवस्था, नम्बर प्लेटको कोणजस्ता स–साना विषय देखाएर सवारी साधन असफल ठहरिने वातावरण सिर्जना गरिन्छ। “यी विषय आफैंमा गम्भीर समस्या होइनन्, तर जाँचपास रोक्ने हतियार बनाइन्छ,” उनले भने।

    तर यही समस्या समाधानको उपाय पनि त्यहीँ उपलब्ध हुने उनको भनाइ छ। “रकम बुझाएपछि हेडलाइट ठीकै देखिन्छ, टायर पनि उपयुक्त हुन्छ, नम्बर प्लेटको कोण पनि मिलेको मानिन्छ,” उनले व्यङ्ग्य गरे, “अतिरिक्त पैसा दिएपछि समस्या एकाएक गौण बन्छ र जाँचपास सहजै पास गराइन्छ।”

    उनले यस्तो अवस्थाले राज्यको राजस्व प्रणाली कमजोर बनाउँदै सेवाग्राहीलाई बाध्यात्मक भ्रष्टाचारतर्फ धकेलिरहेको बताए। “नियम र मापदण्डभन्दा ‘सेटिङ’ बलियो भएको यो प्रणालीले इमानदार व्यवसायी र सेवाग्राहीलाई दण्डित गरिरहेको छ,” उनले गुनासो गरे।

    गैँडाकोटका एक यातायात व्यवसायीका अनुसार जाँचपास प्रक्रियामा सेवाग्राहीले तिरेको रकममध्ये सरकारले तोकेको राजस्व बराबरको मात्रै रसिद काटिन्छ। बाँकी रकम भने नगद रूपमा बिचौलियालाई बुझाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ।
    “रसिदमा देखिने रकम र हामीले वास्तवमा तिर्ने रकमबीच ठूलो अन्तर हुन्छ,” उनले भने, “सरकारी खातामा थोरै पैसा जान्छ, बाँकी रकम बिचौलियामार्फत उठाइन्छ।”

    जाँचपासका क्रममा देखिन सक्ने स–साना कमजोरीलाई ‘ठूलो समस्या’ भन्दै डर देखाइन्छ। “सामान्य प्राविधिक विषयलाई पास–फेलको प्रश्न बनाइन्छ, अनि रकम दिए सहजै पास गराइदिने प्रस्ताव राखिन्छ,” उनले जनाए ।

    यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख गोविन्द चौधरीले कार्यालयबाट तोकिएको राजस्वभन्दा बढी रकम असुल नगरिएको दाबी गरेका छन्। उनले सेवाग्राहीबाट अतिरिक्त पैसा लिइएको भन्ने आरोपहरू पुष्टि भएमा दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारे।
    “यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा सरकारद्वारा तोकिएको राजस्व दर अनुसार मात्र सञ्चालन भइरहेको छ,” प्रमुख चौधरीले भने “यदि कुनै कर्मचारी, बिचौलिया वा अन्य व्यक्तिले राजस्वभन्दा बढी रकम असुलेको उजुरी आयो भने त्यसको निष्पक्ष छानबिन गरी कानुन बमोजिम कारबाही गछौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)

  • सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला

  • रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती

  • आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी

  • समाचार
  • १

    ‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा अङ्कुरम् एकेडेमीकी रिहाना गैरे (यसरी गर्न सकिन्छ भोट)
    २०८२ माघ २४, शनिबार

  • २

    सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
    २०८२ माघ २४, शनिबार

  • ३

    रौतहट-१ को चुनावी गणित: माधव नेपाललाई चौतर्फी चुनौती
    २०८२ माघ २४, शनिबार

  • ४

    आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, नेपालसहित २० देश सहभागी
    २०८२ माघ २४, शनिबार

  • ५

    सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी घिमिरेको निधन
    २०८२ माघ २४, शनिबार

  • ६

    कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा सहित हिमपातको सम्भावना
    २०८२ माघ २४, शनिबार

  • ७

    रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा
    २०८२ माघ २३, शुक्रबार

  • ८

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय
    २०८२ माघ २३, शुक्रबार

  • ९

    देशको पहाडी र हिमाली भू-भागमा मौसम सफा रहने
    २०८२ माघ २३, शुक्रबार

  • १०

    बैतडी जन्ती बस दुर्घटनामा ८ जनाको मृत्यु
    २०८२ माघ २३, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution