२०८२ माघ २४, शनिबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको भवन निर्माण गर्दा त्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जनासहित ठेकदार कम्पनिले मिलोपतोमा ३ करोड २७ लाख ७८ हजार १७७ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आइतबार मुद्धा दायर गरेको जानकारी दिएको छ ।



अख्तियारले बुढीगंगा नगरपालिका, बाजुराका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं (प्रशासन) नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब-इन्जिनियर गणेश राज रेग्मी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (अधिकृत छैटौ) कल्पना कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी र खरिदार श्याम बहादुर खत्री, तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने, असिसटेन्ट सबइन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक (ना.प्रा.स) सिद्धराज जैसी र प्रशासन सहायक बसन्त बहादुर थापा तथा जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली तथा जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति/एम.के./नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाह विरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेर मुद्धा दायर भएको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे