२०८२ माघ २४, शनिबार
बुधबार साँझ महोत्सवको सांस्कृतिक कार्यक्रमको मञ्चमा प्रवेश गरेकी रिमालले महोत्सवको माहोल तताएकी हुन् । रचना स्टेज चढ्दा छरिएर रहेका दर्शकहरु उनको आवाजपछि मञ्च अगाडि जम्मा भएर उनलाई साथ दिएका थिए ।



फोटो फिरिममा बोलको गीत गाएर सांस्कृतिक प्रस्तुती सुरु गरेकी रिमालले आफ्ना चर्चित गीतहरुबाट दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।
बुधबार महोत्सवमा रचना रिमालसँगै चर्चित लोक दोहोरी गायक प्रजापति पराजुली, उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मालगायतको प्रस्तुती रहेको लम्सालले बताए । त्यस्तै विभिन्न स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती राखेका लम्सालले जानकारी दिए । उनका अनुसार बिहीबार महोत्सवमा चर्चित कलाकार पशुपति शर्मा, दुर्गा सापकोटा, शुष्मा शाही ठकुरीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लम्सालले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे