२०८२ माघ २४, शनिबार
कार्यक्रमका प्रमुख अतिथि कम्पनीका डिजिएम उपापति पोखरेल थिए । विशिष्ट अतिथिका रूपमा पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय सदस्य आदरणीय कृष्ण रिमाल तथा प्रदेश अध्यक्ष समीप अधिकारीको उपस्थिति थियो।



त्यसैगरी अतिथिका रूपमा प्रदेश सदस्य आदरणीय नवराज सापकोटा ज्यू र प्रदेश सदस्य आदरणीय परमेश्वर महत्त्व ज्यू उपस्थित हुनुहुन्थ्यो। साथै कावासोती एजेन्सी म्यानेजर आदरणीय नवराज पोख्रेल सर, वरिष्ठ एजेन्सी म्यानेजर आदरणीय इन्दु पाण्डे ज्यू तथा अवस्थित शाखा अध्यक्ष आदरणीय सावित्री महतो ज्यूको गरिमामय उपस्थिति रहेको थियो। यसका अतिरिक्त कावासोती अभिकर्ता सङ्घका विभिन्न पदाधिकारी सर–म्याडमहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात दीप प्रज्वलन गरी संयुक्त रूपमा उद्घाटन गर्दै गरिएको थियो। स्वागत मन्तव्य नेपाल लाइफ इन्स्योरेन्स अरुणखोला उपशाखा प्रमुख आदरणीय दीपक पन्त सरले राख्नुभएको थियो।
कार्यक्रमका मुख्य प्रशिक्षक आदरणीय उपापति पोखरेलले बीमा बिक्री कला, पेशागत दक्षता तथा सफल अभिकर्तामा हुनुपर्ने गुणहरूबारे अत्यन्तै प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए । साथै प्रदेश प्रमुख सहदेव अधिकारीले नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न बीमा योजनाहरूको विषयमा सहभागीहरूलाई प्रशिक्षण दिए
कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा कावासोती शाखाबाट सेल्फ कोड तथा टिमतर्फ उत्कृष्ट तीन स्थान हासिल गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो। साथै विभिन्न उपाधि जित्न सफल अभिकर्तालाई केक काटेर सम्मान गरिएको, जसले कार्यक्रमलाई अझ उत्साहपूर्ण र आत्मीय बनाएको थियो।
उक्त कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, बिजनेस को–अर्डिनेटर, अभिकर्ता तथा अभिकर्ता सङ्घका पदाधिकारी गरी करिब १८० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शाखा प्रमुख राहुल मौर्यले गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे