२०८२ बैशाख ३०, मंगलबार
लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रम अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र मनोक्रान्ति अभियन्ता डा. विकाशानन्दले उनलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा मेयर आचार्य, डा. विकाशानन्दले एक नेपालीले कायम गरेको विश्व रेकर्ड अद्वितीय भएको बताए । विक्रम खड्काले नेपालीको पहिचान र नेपालको योग विश्वसामु परिचित गराउन थोरै भए पनि सहयोग मिलेकोमा खुसी व्यक्त गरे ।
अंग्रेजीमा ट्रि पोज भनिने यो आसनमा एक खुट्टा सहारामा उभिएर अर्को खुट्टा घुँडाभन्दा माथि राखी दुवै हात नमस्कार मुद्रामा जोडेर गरिने आसन हो । निकै कठिन हुने यो आसन खड्काले गत वर्ष काठमाडौंमा गरेका थिए । यसअघि उक्त कीर्तिमान भारतका सनत रथको नाममा १ घण्टा ६ मिनेटको थियो ।
२०६४ सालमा पनि उनले ५ घण्टासम्म गरेको शीर्षसन र २०६५ सालमा ४ घण्टासम्म गरेको त्राटक (मैनबत्तीलाई एकटकले हेर्नु) लाई पनि गिनिज बुकले रेकर्डमा राखेको खड्काको दाबी छ ।
काठमाडौंमा अध्ययनको क्रममा उनी विकाशानन्दसँग नजिक भएका थिए । गोदाबरीस्थित आश्रममा विकाशानन्दसँग नियमित योगाभ्यास गरेपछि उनलाई गिनिजमा नाम लेखाउने रहर जागेको बताए । उनी न्यु लाइफ आयुर्वेद प्रालिका संचालक समेत हुन् । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे