२०८२ बैशाख २६, शुक्रबार
गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारी वर्षाले दर्जनौं घरहरुमा क्षति पुर्याउनुका साथै पशु चौपाया पनि मरेका छन् । गुजरातमा जाडो मौसम शुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।
जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पु¥याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन् ।
गुजरातमा गत आइतबारबाट शुरु भएको भारी वर्षा र असिना पानी अझै केही दिन जारी रहने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् । यहाँ पछिल्लो २४ घण्टामा १ सय ४४ मिलिमिटर वर्षा भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे