२०८२ बैशाख २९, सोमबार
कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् चितवन उद्योग संघ र चितवन चेम्बर अफ कमर्शको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्या समाधानार्थ पूर्व उपप्रधानमन्त्री माननीय प्रकाशमान सिंह सामु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले आर्थिक नीति व्यवसायी मैत्री बनाउदै देशलाई अव आर्थिक क्रान्तीको बाटोमा हिडाउनु पर्ने बताउदै उहाँले हिज मात्रै उद्घाटन भएको भरतपुर भ्रमण वर्ष २०२४ मा धेरै भन्दा धेरै आर्थिक क्रियाकलाबहरु हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री माननीय प्रकाशमान सिंहले राजनीति ठिक नभए सम्म कुनै नीति ठिक नहुने बताउदैँ उहाँले उद्योगी व्यवसायीहरुको समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भुमिका महत्वपुर्ण रहने हुनाले अवको निकास भनेको आर्थिक समृद्धि रहेको वताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष राजन गौतमले देशको आर्थिक अवस्था निकै कमजोर गएको बताउदैँ उहाँले उद्योगी व्यवसायीहरुलाई यहाँबाट पलायन हुने अवस्था सृजना हुन नदिन अपिल गर्नुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले उद्योग व्यवसायीहरुको समस्या अध्ययन नगरी कर्मचारीको भरमा नीति नियम निर्माण गर्दा समस्या भएको बताउनु भयो ।
कार्यक्रममा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराईले उद्योगी व्यवसायीहरुले देशलाई राजश्व तिर्ने रकम भन्दा दुई गुना वढी रकम कर्मचारीलाई दिएर काम गर्नुपर्ने अवस्था सृजना भएको बताउदैँ यस्ता समस्या समधान गर्न सरकार लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीहरुको पिडालाई सम्बोधन हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापती, भरतपुर महानगर वडा नं १ र २ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी, कार्यसमिति , चितवन उद्योग संघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति, चितवन चेम्बर अफ कमर्शका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी, कार्यसमिति , उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगाएत उद्योगी व्यवसायी गरी १०० जनाको उपस्थिति रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे