२०८२ बैशाख २१, आईतबार
प्राप्त जानकारी अनुसार, दिउँसो करिब ३ बजे सबिर मियाँको भान्छा घरबाट सुरु भएको आगो तीव्र गतिमा फैलिँदा ठूलो संख्यामा घरहरू जलेर नष्ट भएका हुन्।
आगलागीका कारण ६५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
प्रभावित परिवारहरूले आफ्ना लत्ताकपडा, नगद, गरगहना, खाद्यान्न (धान, गहुँ, चामल) तथा अन्य घरायसी सामग्री गुमाएका छन्।
घटनापछि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी तत्काल घटनास्थलमा पुगेर पीडित परिवारलाई आवश्यक राहत प्रदान गरेका छन्।
प्रशासन र स्थानीय तहको समन्वयमा थप राहत तथा पुनःस्थापनाका पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे