२०८२ बैशाख २१, आईतबार
इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार दाउन्ने बजार, विश्वकर्मा मन्दिर नजिकमा बाटो चिप्लो भएका कारण गाडि हिडन नसकेर राजमार्ग अबरुद्ध भएको हो । महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेका गाडि प्रहरीले दुम्कीवास, अरुखोला, चोरमारा र बर्दघाट बजारमा गाडि रोकिदिएको छ । ति बजारमा महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेका सयौँ गाडि रोकिएका छन ।
दाउन्ने एकै ठाउमा गाडिकोचाप धेरै नहोस भनेर ति बजारमा गाडि रोकिदिएको प्रहरीले जनाएको छ । महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेका गाडिलाई कालिगण्डकी कोरीडरको बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
दाउन्ने आसपासमा आइतवार बिहान २ बजेवाट झरी परिरहेको छ ।
महेन्द्रराजमार्गको दुम्कीवास बर्दघाट बिचको १४ किलोमिटर सडक दाउन्ने पहाडमा पर्दछ । त्यहा राजमार्ग निर्माण गर्न भन्दै ६ बर्ष अघि भत्काएको सडक मर्मत सम्हार नगर्दा धुलैधुलो छ । धुलोमा पानी परेपछि चिप्लीएर हिडन नसक्ने अबस्थाका कारण राजमार्ग अबरुद्ध भएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे