गैँडाकोट नगरपालिका वडा नं. १ कुमालटोल बस्दै आएका १३ बर्षिया दिक्षा सेर्पुजा र ९ वर्षका स्वपनील सेर्पुजा बृटिसक्याप स्थित नारायणी नदिमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनार्एको छ ।



आज दिउसो हजुरआमा सँगै बृटिसक्याम्प गएका उनिहरु हजुरआमाको चप्पल साँझ पौने ६ वजे नदीमा खसेपछि सोहि चप्पल समाउन भन्दै नदीमा पसेका थिए । गहिरो नारायणीमा पसेका उनिहरु दुवैजना बाहिर आउन सकेनन् ।
दिक्षा र स्वपनील स्थानीय नेपाल राष्ट्रिय शम्सेर आर्दश माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को बार्षिक परिक्षा दिएर नतिजाको पर्खाईमा थिए । यो खबर तयारपार्दासम्म उनिहरु दुवैजनाको अवस्था अज्ञात छ ।