• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
४

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
५

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
६

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
७

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

भरतपुरमा स्कुटर दुर्घटनामा २ युवकको मृत्यु

२०८२ कार्तिक ४, मंगलबार

गण्डकी कोटिहोम: धर्मको संरक्षण गरेमात्र धर्मले हाम्रो रक्षा गर्छ- पत्रकार प्रकाश सुवेदी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ बैशाख १६, मंगलबार

  • २४० पटक पढिएको
  • पोखरा, १५ बैशाख पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ।

    वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो।

    हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ।

    सोमबार उनले भगवान कृष्णको जन्म उत्सव मनाउँदै फूल र मिठाई वितरण गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिन्। आयोजक समितिका सह–निर्देशक युवक लामिछानेका अनुसार, महायज्ञमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रिय वक्ताहरूको सहभागिता रहनेछ। साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सवको रूपमा स्थापित भएको छ।

    ४१ दिनसम्म निरन्तर हवन हुने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर सहभागी हुन आयोजकले अनुरोध गरेको छ। “हामीले धर्मको संरक्षण गरेमा मात्र धर्मले हाम्रो रक्षा गर्छ। मैले हलेसी यात्राको योजना बनाएको थिएँ, तर भोलेनाथसँग क्षमा माग्दै देवी प्रतिभाको कथा सुन्न यहाँ आइपुगेँ। संस्कृतको विद्यार्थी भएकाले मलाई धर्म र कर्मप्रति विशेष रुचि छ। पोखराको माटो साँच्चै भाग्यमानी छ, विशेषगरी बिरौटावासीका लागि यो अवसर सौभाग्यपूर्ण छ। हाम्री चेली देवी प्रतिभाले नेपाली संस्कृति र धर्मको क्षेत्रमा सधैं राष्ट्रिय पहिचान जोगाइरहने विश्वास लिएको छु।” पत्रकार प्रकाश सुवेदीको भनाइ रहेको थियो।

    महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ। कार्यक्रमलाई भव्य बनाउन तीव्र तयारी भइरहेको छ, जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवामूलक गतिविधिहरू समावेश छन्।

    गण्डकी कोटिहोम महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ, जसले पोखरालाई पर्यटकीय राजधानीका साथै धार्मिक गन्तव्यको रूपमा थप स्थापित गर्नेछ। विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु, भक्तजन र आध्यात्मिक प्रेमीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको गरिमा बढाएको छ।

    दैनिक अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समितिका अनुसार बैशाख १६ गतेदेखि राष्ट्रियस्तरका धार्मिक वक्ता र कलाकारहरूको सहभागिता रहनेछ।

    स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, नगर प्रमुख, स्वयंसेवक, महिला समूह, बालबालिका र वरिष्ठ नागरिकको आत्मीय सहभागिताले यो महायज्ञ सामाजिक सहकार्य, समर्पण र सद्भावको प्रतीक बनेको छ। गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नभई, पोखरेली समाजको सांस्कृतिक पहिचान र एकताको दस्तावेजका रूपमा लामो समयसम्म स्मरणीय रहने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • एनपिएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

  • यी चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने

  • फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

  • कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

  • समाचार
  • १

    एनपिएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    २०८२ मंसिर १, सोमबार

  • २

    यी चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने
    २०८२ मंसिर १, सोमबार

  • ३

    फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
    २०८२ कार्तिक ३०, आईतबार

  • ४

    कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया
    २०८२ कार्तिक ३०, आईतबार

  • ५

    एनपीएलको तयारी पुरा, दोस्रो सिजनमा ४० करोड आम्दानी हुने क्यानको अनुमान
    २०८२ कार्तिक ३०, आईतबार

  • ६

    अङ्कुरम् एकेडेमीद्वारा आयोजित हिज्जे प्रतियोगितामा भानु मेमोरियल पहिलो
    २०८२ कार्तिक २९, शनिबार

  • ७

    अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध
    २०८२ कार्तिक २९, शनिबार

  • ८

    मतदाता नामावली नाम दर्ताका लागि पाँच दिन समय थपियो
    २०८२ कार्तिक २९, शनिबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ कार्तिक २९, शनिबार

  • १०

    जेनजी आन्दोलनमा प्रहरीको गाडी र चौकीमा आगजनी गर्ने १० जना पक्राउ
    २०८२ कार्तिक २८, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution