२०८२ बैशाख १७, बुधबार
चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनलगायत अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाई उच्च शो प्रदान गरिएको छ ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् । हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
उच्च शो पाएको चलचित्र ‘महापुरुष’ले राम्रो व्यापार गर्ने अपेक्षा धेरैको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचित्र काठमाडौंसँगै चितवन र इटहरीमा पनि प्रिमियर गरिएको थियो । फेमेली कमेडी ड्रामा भएकाले पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष विश्वस्त छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे