२०८२ जेष्ठ ३, शनिबार
ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले काठमाडौंको घट्टेकुलोबाट उक्त कार्यमा संलग्न २६ वर्षीय विशन मानन्धलाई पक्राउ गरेको बताउनुभयो ।
यसबारे विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई घरबाट पक्राउ गरेको हो । पक्राउ परेको मानन्धरको घर–कोठाबाट विभिन्न लागू औषधसमेत बरामद भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
जसमा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागू औषध गाँजा केजी ७५४ ग्राम,सेतो रङको डिजिटल तराजु थान. १, इलेक्ट्रिक ओभन थान. १, ग्लोबल आईएमई बैंकको एटिएम थान. १, बेकर्स क्रिएसन प्रालिको भौचर थान. १, काठको ट्रे थान, १, केक बनाउने ट्रे थान, २, चकलेट चिप्सको बट्टा थान, १, चकलेट फ्लेबरको बोटल थान. ५,अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रङको हाते झोला, चकलेट टपिंङ बोटल थान. १ बरामद भएको छ ।
यसैगरी, चकलेट कपको बण्डल थान. २, खाद्य लेस बट्टा थान. १, ब्रेड क्रम्स प्याकेट थान. १, चकलेट पाउडर प्याकेट थान. १, चोको चिप्स प्याकेट थान. १,चोको चिप्स बट्टा थान. २, चकलेट मोल्ड थान. २,चकलेट पाउडरको बट्टा थान. १, ओभन पञ्जा १ जोर, स्टिकर थान. १, मैदाको (पिठो) बट्टा थान. ५ ९ ठुलो २ र सानो ३०, चकलेट स्प्रिङकल बट्टा थान. १, बेम्बुङ्ग ‘Bamboong’ नामको छाप थान. १,चिनीको बट्टा थान. १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला थान. १, पानी टेपको रोल थान. १ समेत बरामद गरिएको छ ।
उहाँले अनुसन्धानका क्रममा मानन्धरले अनलाइमार्फत बिक्री गर्ने गरेको गाँजा मिसाई बनाइएका केकहरुको मेनुसमेत फेला पारेको बताउनुभयो ।
मानन्धरमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरकेको प्रवक्ता जोशीले बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे