२०८२ जेष्ठ २, शुक्रबार
हावाहुरीका कारण एफएमको १२० मिटर लामो टावर भाँचिएको छ भने टावरसँगै जडित एन्टिना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
नवलपुर एफएमका स्टेसन म्यानेजर राधिका भुषालका अनुसार हावाहुरी यति तीव्र थियो कि टावर भाँचिएर भुइँमा बजारिँदा वरपरका केही घरमा समेत क्षति पुगेको छ। केही घरका छाना उडेको र भित्तामा चिरा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय कावासोतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। हालसम्म मानवीय क्षति नभएको जनाइएको छ भने प्रहरी टोलीले क्षतिको विवरण संकलन गर्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
स्टेसन म्यानेजर भुषालले एफएमको प्रसारण पूर्ण रूपमा अवरुद्ध भएको र मर्मतका लागि आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो। घटनाले स्थानीय सञ्चार सेवामा समेत असर पुगेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे