२०८२ जेष्ठ २, शुक्रबार
भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी छोरीको हत्या गरेका हुन् ।
आक्रमणबाट गम्भीर घाइते भएका सजन गिरीको बिहान १०:३६ र प्रभा गिरीको १०:५८ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।
गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका हुन् । उनको अहिले उपचार हुँदैछ । चितवनका एसपी गोविन्द पुरी चितवन मेडिकल कलेजमा पुगेको छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे