२०८२ जेष्ठ २, शुक्रबार
भरतपुर महानगरपालिका २५ किसानचोक बस्ने बर्ष ४२ को लिलाराज गिरीले बिहान ९:५५ बजे आफ्नै छोरी बर्ष ७ की प्रभा गिरी र आफ्नै दाईको छोरा बर्ष ५ को सजन गिरीलाई धारिलो हतियार खुर्पा प्रहार गरेका छन्।
घाईते बनाई आफुलाई पनी सोही खुर्पा प्रहार गरी घाईते भएको र ३ नै जनालाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर ल्याएको थियो।
बर्ष ५ को सजन गिरीको उपचारको क्रममा बिहान १०:३६ बजेको समयमा मृत्यु भएको, बर्ष ४२ को लिलाराज गिरि र बर्ष ७ की प्रभा गिरीको अवस्था गम्भिर भई सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे