• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १६, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
४

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
५

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
८

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
९

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
१०

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
११

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१२

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार

नेपालले पिएनजीलाई ५२ रनले हरायो

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन २५, बिहिबार

  • ३५२ पटक पढिएको
  • आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजीलाई ५२ रनले हराएको हो।

    यो जितसँगै नेपालको एकदिवसीयता मान्यता लिग-२ बाटै यथावत हुने सम्भावना बलियो भएको छ। अब नेपालले बाँकी रहेका तीन खेल मध्ये एक खेल जिते एकदिवसीय मान्यता जोगिनेछ।

    बिहीबार नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो।

    पिएनजीका लागि ओपनर टोनी उराले अर्धशतक प्रहार गरे। उनले ४४ बलमा ५० रन जोडे। अर्का ओपनिङ ब्याट्सम्यान किप्लिन डोरिगाले २६ रन जोडे। दुईबीच पहिलो विकेटका लागि ११.२ ओभरमा ७७ रनको साझेदारी भएको थियो।

    यस्तै नोर्मान भानुआले पनि अर्धशतक प्रहार गरे। उनी ६० रनमा रनआउट भए।

    ओपनर किप्लिनलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गरेपछि नेपालले पहिलो सफलता हात पारेको थियो। कप्तान असद भालाले ५३ रनमा ४२ रन जोडे। उनलाई कुशल मल्लले आरिफ शेखबाट क्याच गराएका थिए।  यस्तै चार्ल्स अमिनीलाई दिपेन्द्रले १४ रनमा बोल्ड गरे।

    हिरी हिरीलाई ८ रन र चाड सोपरलाई शून्यमा सन्दीप लामिछानेले ३३ ओभरको दोस्रो र तेस्रो बलमा लगातार आउट गरेका थिए। यस्तै उनले रिली हेकुरेलाई २० रनमा आउट गरे।

    बलिङमा नेपालका सन्दीप लामिछानले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन ओभर फ्याँक्दा ३७ रन खर्चिए।

    यस्तै दिपेन्द्रसिंह ऐरीले २ विकेट हात पार्दा कुशल मल्लले १ विकेट लिए। नेपालले पिएनजीका दुई खेलाडीलाई रनआउट गरे।

    त्यसअघि टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५ बल खेल्न बाँकी छदा २९७ रनमा अलआउट भयो।

    नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो। नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन जोडेको थियो। २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो।

    नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गरे। उनको यो पहिलो एकदिवसीय शतक हो।

    खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को साझेदारी गर्‍यो। नेपालले ओपनर कुशल भुर्तेललाई १८.४ ओभरमा गुमायो। ४५ रनमा आउट भएका कुशलले ५६ बल खेलेर ६ चौका हिर्काए।

    नेपालले बाँकी ३० रन बनाउदा थप दुई विकेट गुमायो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा  ११ रन बनाएर आउट भए।

    कप्तान रोहित पौडेलले ३० रन जोड्दा  दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट भए। करण केसी ६ बलमा ८ रन  जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए।

    भीम सार्की ३८ बलमा ४४  रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे। बलिङमा पिएनजीका सेमो कामियाले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन खर्चिए।

    नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। बाँकी तीनै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

    सिरिजमा नेपालले अब फागुन २८ मा  युएई,  फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

    लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

    पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको ‍पिएनजीको ३३ खेलबाट ९ अंक छ। सेतोपाटीबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ४५ यात्रु सवार बस उत्तर प्रदेशमा दुर्घटना: २ नेपालीको मृत्यु , २४ घाइते

  • १८औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गैंडाकोट प्रथम

  • भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट बदर

  • समाचार
  • १

    निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    २०८२ मंसिर १६, मंगलबार

  • २

    ४५ यात्रु सवार बस उत्तर प्रदेशमा दुर्घटना: २ नेपालीको मृत्यु , २४ घाइते
    २०८२ मंसिर १६, मंगलबार

  • ३

    १८औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गैंडाकोट प्रथम
    २०८२ मंसिर १६, मंगलबार

  • ४

    भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट बदर
    २०८२ मंसिर १६, मंगलबार

  • ५

    नवलपुरमा थपिए ९ हजार २३७ नयाँ मतदाता
    २०८२ मंसिर १६, मंगलबार

  • ६

    वीरगञ्ज नाकाबाट चार महिनामै भित्रियो २ अर्ब २९ करोडको मकै
    २०८२ मंसिर १६, मंगलबार

  • ७

    ‘रेज बेट’ बन्यो २०२५ को अक्सफोर्डको वर्ष शब्द, के हो यसको अर्थ ?
    २०८२ मंसिर १६, मंगलबार

  • ८

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर १६, मंगलबार

  • ९

    बागमती सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १६, मंगलबार

  • १०

    यस्तो छ राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
    २०८२ मंसिर १५, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution