२०८२ मंसिर ४, बिहिबार
चितवन – चितवनको भरतपुर महानगरपालिका १४ बरौजी चोकमा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दुर्घटना दिउँसो १२:२० बजे भएको प्रहरीले जनाएको छ।
भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्बरको स्कूटर र बिपरित दिशाबाट आइरहेको बा प्र ०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल ठोक्किएपछि पछाडिबाट आइरहेको बा प्र ०६–०१ क ०२०६ नम्बरको सेन्ट्रल कलेजको बसले मोटरसाइकलमा ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भरतपुर–२२ पटिहानीका २६ वर्षीय कबिन महतोलाइ उपचारका क्रममा १३:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा स्कूटर चालक ४३ वर्षीय भिम परियार बायाँ खुट्टामा चोट लागेर घाइते भएका छन्। स्कूटरमा सवार उनकी आमा ६४ वर्षीया सान्ता परियार सामान्य घाइते भएकी छिन्। दुबै जनाको उपचार भरतपुर सरकारी अस्पतालमा भइरहेको छ।
प्रहरीले बस, मोटरसाइकल र स्कूटरसहित बस चालकलाई नियन्त्रणमा लिएर लापरवाहीसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे