२०८२ आश्विन १४, मंगलबार
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं ३ पाटाचोक बस्ने बर्ष ३६ को करण बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
पाटाचोकमा आफ्नै दिदि भेनाजु राजु बि.क.को घरमा बस्दै आईरहेकोमा हिजो साँझ मापसे गरी सुतेको र बिहान अबेर सम्म नउठेकोले निजको आफन्तले बोलाउन जाँदा आफै सुत्ने बेडमा मृत अवस्थामा भेटेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
आज बिहान मृतकको शवको घटना स्थल मुचुल्का लगायतका कार्य सम्पन्न गरि पोस्ट मार्टमको लागी मध्यबिन्दु अस्पताल पठाईएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे