• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
८

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
११

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१२

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार

अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० आश्विन २५, बिहिबार

  • १७७ पटक पढिएको
  • काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अब पनि बोल्ड डिसिजन नलिए झनै जटिल अवस्थामा पुग्ने बताएका हुन् ।

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :
    कार्यक्रमका अध्यक्षज्यू,
    माननीय मन्त्रि ज्यू
    राष्ट्रिय योजना आयोगका सदस्य ज्यू
    नेपाल सरकारका मुख्य सचिव, सचिव एवं उच्चपदस्थ अधिकारीज्यूहरू,
    महासंघका पूर्व अध्यक्षज्यूहरू,
    महासंघका पदाधिकारीज्यूहरू,
    उद्योगी व्यवसायी मित्रहरू,
    सञ्चारकर्मी मित्रहरू,
    उपस्थित आदरणीय महानुभावहरू ।

     

    १. सर्वप्रथम नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रको सुधारका लागि यस प्रकारको राष्ट्रिय आर्थिक बहस आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु । यो समयमा यस प्रकारको बहस अति आवश्यक छ र यसले संकटोन्मुख अर्थतन्त्रको सुधारमा संजिवनी बुटीको काम गर्छ भन्नेमा मेरो विश्वास छ ।

    २. नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएपछि देशमा आर्थिक सुधार, लगानी विस्तार र रोजगारी सिर्जनाका क्षेत्रमा निरन्तर लागिरहेको मैले पाएको छु । देशमा यतिखेर देखापरिरहेको अर्थतन्त्रका समस्या र जटिलता हटाउन महासंघले निरन्तर काम गरिरहेको मैले देखेको छु । महासंघले अध्यक्ष ढकालजीको नेतृत्वमा देशको अर्थतन्त्रका क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान लगायत राष्ट्रिय अन्तराष्ट्रियस्तरमा आयोजना भइरहेका कार्यक्रमप्रति म जानकार छु । महासंघले निरन्तर आर्थिक सुधारमा आफ्नो तर्फबाट योगदान दिंदै आएको कुरा पनि विदितै छ । अध्यक्ष ढकालजी लगायतको टोली यसका लागि निरन्तर सम्वादमा छ र हामीले कैयौँ पटक छलफल पनि गरिरहेका छौँ ।

    ३. मेरो भारत र चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेका बिजनेस समिट र लगानी सम्बन्धी कार्यक्रम उपलब्धीमूलक रहे । नेपाल भारत बिजनेस समिटले भारतसंगको व्यापार एवं लगानी आकर्षित गर्न सहयोग पुग्यो भने चीनमा पनि यस्तै कार्यक्रमले लगानी आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छु ।

    ४. नेपालको संविधानले तिब्र आर्थिक बृद्धि हासिल गर्न तथा स्वतन्त्र र समृद्ध अर्थतन्त्रको निर्माणका लागि निजि क्षेत्रलाई प्रमुख सम्वाहकका रुपमा आत्मसात गरेको छ । सो बमोजिम राज्यका नीति तथा कानूनको परिधिभित्र रही सार्वजनिक क्षेत्रसंग समन्वय, साझेदारी र सहकार्य गर्दै समग्र बिकास प्रक्रियामा सहभागी हुने सर्वाधिकार निजि क्षेत्रले प्राप्त गरेको छ ।

    ५. नेपालमा नयाँ संविधान निर्माणपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति एवं आयामका कारण अहिलेसम्म पनि हाम्रो अर्थतन्त्रले संकटको सामना गरिरहेको छ । कोभिड महामारी, रूस–युक्रेन युद्ध, जलवायु परिवर्तन, लोकतन्त्र र संविधानमाथि आक्रमण र प्रतिरक्षाको राजनीतिक संघर्ष, राजनीतिक अस्थिरता जस्ता कारण राजनीतिक प्रतिवद्धता र संकल्प गरिए बमोजिम अर्थतन्त्रले फड्को मार्न नसक्दा राजनीतिक प्रणाली र संविधानमाथि आक्रमण गर्ने विचार र प्रवृत्तिले टाउको उठाउने प्रयाससमेत गर्दै आएको छ । तसर्थ, जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं कार्यान्वयन र समाजवादउन्मुख अर्थतन्त्रको आधार तयार गर्न आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैन ।

    ६. नेपालको संविधानले तीन खम्बे अर्थनीतिको संवैधानिक व्यवस्था गर्दै निजी, सार्वजनिक  र सहकारीको मोडल अगाडि सारेको छ, यसले प्रष्ट गर्छ कि राज्य र निजी क्षेत्रबीच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सकिन्छ । निजी क्षेत्रलाई राज्यको तर्फबाट सम्मानित गर्नुपर्ने र प्रोटोकलमा समावेश गर्नुपर्ने जुन विषय यहाँहरूले उठाउनुभएको छ, यस प्रस्तावमा आवश्यक छलफल गरी उपर्युक्त निष्कर्षमा पुग्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।

    ७. वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र मुलुकको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आइरहेको छ । यस सन्दर्भमा बेलाबखत व्यवसाय सञ्चालनमा आउने बाधा र अवरोधहरूमा राज्यले सहजीकरण गर्नुपर्ने तपाईहरूको अभिमतप्रति सम्मान व्यक्त गर्दै लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका निम्ति सरकारको पूर्णतः सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

    ८. कृषि हाम्रो अर्थतन्त्रको मूल आधार हो । तर पछिल्ला वर्षहरूमा कृषिको उत्पादन घट्दै गएको र कृषिजन्य वस्तुको आयात अत्यधिक बढ्दै गएको छ । एकातर्फ खेतीयोग्य जमिन बाँझो हुँदै जाने अर्कोतर्फ कामको खोजीमा दक्ष युवा जनशक्ति निकै सस्तो श्रममा विदेसिनुपर्ने बाध्यता छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने नीतिले मात्र उल्लेखित समस्यालाई सम्बोधन गर्न सकिन्छ । मलखाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यवसायी कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानको नीतिले मात्र यस क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ ।

    ९. अहिले यहाँहरुले उठाउनुभएका निजी क्षेत्रका चासो र मुद्धाहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध छ । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधार ल्याउन राज्य र निजी क्षेत्रबीच गहिरो सहकार्य र बलियो एकता आवश्यक भएको महसुस गरी अर्थतन्त्र सुधारसम्बन्धी केही नीतिगत निर्णय गरेको थिएँ । त्यसपछि लगातार हाम्रो पहल त्यसदिशामा केन्द्रित छ र अहिले त्यसको प्रभाव हाम्रो अर्थतन्त्रमा क्रमशः पर्दै गएको र अर्थतन्त्रमा सुधार भइरहेको देखिन्छ । यस सन्दर्भमा तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउन, निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजीकरण गर्न, साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा छरितोपन र प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन कायम गर्न, ब्याजदर घटाउने उपायहरूको खोजी गरी लागू गर्न, पूँजीगत खर्चको सामथ्र्य बढाउन र अर्थतन्त्र सुधारका निम्ति आवश्यक पर्ने नीतिगत, कानुनी र व्यवहारिक कदम चाल्न सरकार तत्पर रहेको विषयसमेत यहाँ स्पष्ट पार्न चाहन्छु ।

    १०. संबिधान बमोजिमका संघीय, प्रदेशगत तथा स्थानीय तहका आर्थिक प्रणालीलाई अत्यन्तै सक्रिय ढंगबाट सञ्चालन गर्नु आजको अपरिहार्यतता हो । यसमा निजि क्षेत्रसँग पनि सहकार्य जरुरी छ । त्यसका लागि निजि क्षेत्रलाई प्रतिष्पर्र्धी, सबल, उत्पादनशील र उत्तरदायी बनाउन राज्यले सहजीकरण र नियमनकारी भूमिका खेल्दै आएको छ । निजि क्षेत्रलाई सहजीकरण र प्रोत्साहन सहित लगानी मैत्री बाताबरण सुनिश्चित गरी अवका योजना र कार्यक्रमहरु बनाईने छ ।

    ११. निजि क्षेत्रलाई आवश्यक पुंजी र प्रविधिको विकास र विस्तार गर्न द्विपक्षीय र बहुपक्षीय विकास साझेदारीसंग समन्वय र सहकार्य गर्ने  सरकारको नीतिलाई थप प्रभावकरी बनाइनेछ । साथै निजि क्षेत्रबाट निर्मित सार्वजनिक पूर्वाधार सरकारले खरिद गर्ने सम्बन्धि कानूनको समेत व्यवस्था गर्नुपर्ने  आवस्यकता देखिएको छ  । सिपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरि उद्यमशिलताको विकास गर्न युवा उद्यमीलाई निजि क्षेत्र संगको सहकार्यमा स्वदेशमा उद्यम गर्न आकर्षित गर्ने गरि  तिनै तहका सरकारमा नीतिगत, संस्थागत, कानुनी तथा प्रक्रियागत सुधार गर्नुपर्ने देखिएको छ ।

    १२. राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति तयार गरि नेपाललाई चाहिने वित्तीय स्रोतको आंकलन र स्रोतका सम्भाब्य क्षेत्रहरु पहिचान गरि निजि क्षेत्रको भूमिकालाई पनि महत्वपूर्ण स्थानमा राखेको छ  ।

    १३. आर्थिक वर्ष २०८०÷८१ को वजेट बक्तब्यमा उल्लेख भएको वित्तीय क्षेत्र सुधार, वित्तीय संघियता, वित्तीय सहायता परिचालन, कर प्रणालीमा सुधार, औद्योगिक एवं ब्याबसायिक वातावरण सुधार, लगानी प्रवर्धन, नीतिगत एवं कानुनी सुधार र छुट तथा सहुलियत जस्ता आर्थिक गतिबिधिसंग सम्बन्धित वुँदाहरुको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको छ र सम्बन्धित निकायहरुबाट कार्य सम्पादन भइरहेको जानकारी गराउंदछु ।

    १४. नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित छौं । यसका लागि सरकार र निजी क्षेत्र दुबैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ । सरकारको प्रयासबाट सामाजिक–आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन् । हामी संकटबाट सुधारको बाटो हिँड्दैछौँ भन्ने प्रष्ट चित्र देखिएको छ । यो हाम्रा लागि खुसीको कुरा हो । नेपाल सहित विश्वका ४६ वटा अतिकम विकसित देशका लागि तयार भएको दोहा कार्यक्रम योजना कार्यन्वयन गर्न नेपाल अध्यक्ष राष्ट्रको हैसियतबाट राष्ट्रिय योजना आयोगले तयार गर्दै गरेको क्mययतज त्चबलकष्तष्यल क्तचबतभनथ  मा पनि निजि क्षेत्रको भुमिकालाई थप प्रस्ट पारिनेछ ।

    १५. हामी सबैलाई थाहै छ, अर्थतन्त्र अझै पनि समस्या मै छ । समाधानका लागि सबैले पहल गर्नुपर्छ । तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु अत्यन्त आवश्यक रहेको महासंघको सुझावप्रति सरकार सहमत छ । यस्तो आयोगको अध्यक्षता मैले नै गर्ने प्रस्ताव पनि गर्नुभयो । यो मलाई उचित लागेको छ । यसमा  निजी क्षेत्रका छाता संगठनका अध्यक्ष अनिवार्य रुपमा समावेश गरिनेछ । अर्थ, उद्योग मन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकको उच्च नेतृत्व आयोगमा प्रतिनिधित्व रहनेछ ।

    १६. वर्तमानमा देखिएका समस्या समाधानका लागि महासंघले जुन सुझाव पेश गरेको छ, ती मलाई उचित लागेको छ ।  हामी तत्काल मन्त्रीपरिषदबाट निर्णय गरी यसलाई कायान्वयनमा लानेछौं ।

    १६. अन्त्यमा, चाडपर्वको बेलामा सार्वजनिक यातायात तथा सेवामा सबै नागरिकको समान पहुंच सुनिश्चित गर्दै दुर्गम र पछाडी पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई योजनाबद्ध आपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गरेको छु  । यहाँहरु सबैमा शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद । न्यूज कारखानाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

  • यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

  • १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया

  • प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक

  • समाचार
  • १

    आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
    २०८२ आश्विन २१, मंगलबार

  • २

    यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना
    २०८२ आश्विन २१, मंगलबार

  • ३

    १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया
    २०८२ आश्विन २०, सोमबार

  • ४

    प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक
    २०८२ आश्विन २०, सोमबार

  • ५

    यी चार प्रदेशका बिभिन्न ठाउँमा आंशिक बदली हुने
    २०८२ आश्विन २०, सोमबार

  • ६

    कोशी र मधेश प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १९, आईतबार

  • ७

    चट्याङ लागेर रौतहटमा दुईजना किशोरको मृत्यु
    २०८२ आश्विन १९, आईतबार

  • ८

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • ९

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • १०

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution