२०८३ श्रावण ३, आईतबार
nawalpuronline.com


साेमबार आयाेगले प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएकाे जानकारी दिएकाे हाे । ७६ जनामध्ये नवलपुर जिल्लाबाट उम्मेदवारी दिएका ३ जनाको नाम हटाईएको आयोगले जानकारी दिएको छ।
प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका नवलपुर जिल्लाको गैंडाकोट वडा ५ र ११ स्थायी ठेगाना भएका नेशनल रिपब्लिक नेपाल पार्टीका २ जना उम्मेदवार दिल कुमारी थापा र गौ माया थापा रहेका छन्।
त्यस्तै मध्यबिन्दु नगरपालिका ४ ठेगाना भएका राष्ट्रिय जनमोर्चाका बिकाराम चौधरीको कर्जा सूचना केन्द्रको कालो सूचीमा नाम रहेका कारण बन्दसूचीबाट नाम हटाइएको नवलपुर जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा भुषालले जानकारी दिनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे