२०८३ श्रावण २, शनिबार


कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख दुर्गादत्त शर्माका अनुसार हालसम्म ३२ जना उम्मेदवारले सिफारिस लगेकोमा १८ जनाले मात्रै बैङ्क खाता खोलेको नवलपुर अनलाईनसँगको कुराकानीमा बताउनुभयो।
३४ जना उम्मेदवार मध्ये २ जनाले हालसम्म बैङ्क खाता खोल्नका लागि सिफारिस समेत नलगेको जानकारी गराउनुभयो। एकजनाले आज बैङ्क खाता खोल्नका लागि सिफारिस लिन आउन सक्ने जानकारी गराएपनि उनी आउने नआउने यकिन नभएको शर्माले जानकारी दिनुभयो। एक जना उम्मेदवारले म बैङ्क खाता खोल्दिन भनेर सिफारिस समेत लिन आएका छैनन्।
जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा भुसालका अनुसार जिल्लामा ३४ जना उम्मेदवार छन्। उनीहरु सबैलाई फोन गरेर खाता खोल्न आग्रह गरेपनि सिफारिस लगेरपनि खाता नखोल्नेको संख्या धेरै रहेको बताउनुभयो। बैँकमा उम्मेदवारले खाता खोल्नका लागि आवश्यक कागजात पुर्याउन नसक्दा समेत उम्मेदवारले खाता नखोलेको शर्मा बताउनुहुन्छ।
जिल्लामा रहेका सम्पूर्ण उम्मेदवारलाई पुन: फोन गर्ने र सम्पूर्ण बैँकका शाखामा बुझेर खाता खोले नखोलेको जानकारी लिने कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख दुर्गादत्त शर्माले जानकारी दिनुभयो।
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे