२०८३ श्रावण ३, आईतबार


कावासोती नगरपालिकाको वडा नं. १६ स्थित डण्डा घर भएका बर्ष १३ का रोजिल थनेत (बोलाउने नाम: साहील) र सोही स्थान बस्ने बर्ष १४ का रोहित थनेत आइतबारदेखि बेपत्ता भएको परिवारले जानकारी दिएको छ।
खोलामा नुहाउन जाने र त्यतै बाट पार्क गएर आउने भन्दै घरबाट दिउसो ४ बजे निस्किएका दुवै जना हालसम्म परिवारको सम्पर्कमा नआएको रोजिल थनेतका बुवा मोतिराम थनेतले जानकारी दिनुभयो।
रोजिल माथी सेतो टिसर्ट र तल हाफ पाइन्ट सहित कालो चप्पल लगाएर घरबाट निस्किएका थिए। उनी नवलपुर एकेडेमीमा अध्ययनरत छन्। साथै उनीसँगै गएका बर्ष १४ का रोहित थनेतले कालो टिसर्ट र बक्स पाइन्ट र कालो चप्पल लगाएर सँगै घरबाट निस्किएको उनका बुवा सुरज थनेतले बताएका छन्। उनी जनता मावी डण्डामा अध्ययनरत छन्।
निजहरु हिजो ४ बजे घरबाट हिँडेदेखि कुनै सम्पर्कमा नआएकोले परिवार चिन्तित छ। उनीहरुको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा समेत परिवारले निवेदन दिएको बताएको छ। निज बालकहरुको खोजी कार्यका लागि सहयोग गरिदिन परिवारले बिनम्र अनुरोध गरेको छ। निजहरुलाई देख्ने भेट्ने र केही खबर पाएमा तत्कालै परिवारको सम्पर्क नम्बर ९८२१५११६७५, ९८०७४२६२७३ मा वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे