२०८२ माघ २४, शनिबार
nawalpuronline.com
आयोगले बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्याएर आज विहान १० बजेदेखि ४ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो ।



नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ ।
आयोगले भनेको छ- ‘फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२/०९/१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम समानुपातिक निर्वाचन अधिकृतको कार्यालय,, निवाचन आयोग, काठमाडौँबाट बिहान १० बजेद्केही दिउसो ४ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उमेदवारहरूलाई जानकारी गराइन्छ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे