२०८२ जेष्ठ २३, शुक्रबार
पनौतीबाट–मेदाम्सु जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको यात्रुवाहक बस बेथानचोक गाउँपालिका–६ भुग्देउबाट तावरे जाने बाटोमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले दुर्घटनामा बनेपा नगरपालिका ९ बस्ने ६५ वर्षकी कृष्णमाया तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।
प्रहरीले दुर्घटनामा चालकसहित तीन जना सामान्य घाइते भएको र उहाँहरूको धुलिखेल अस्पतालमा उपचार भएको जनाएको छ । सडक चिप्लो भएका कारण सडकबाट बस चिप्लन गई दुर्घटना भएको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे