जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,बाग्मती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू-भागका थोरै स्थानहरू मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराइको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे