स्याङ्जा- स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनमा तीन जना गम्भिर घाईते भएका छन् ।
वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको ल १ च ६२५३ नम्वरको जीप वालिङ–१४ को छोरेखर्कमा शनिबार साँझ दुर्घटनामा परेको हो ।
जिप सडकबाट २५ मिटर जती तल झरेको वालिङ नगरपालिका–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो । घाईतेहरुले उद्धार गरी उपचारका लागि गह्रौं प्राथमिक अस्पताल पठाइएको उहाँको भनाई छ ।
दुर्घटनामा परी वालिङ नगरपालिका–१२ का २२ बर्षीय सागर सुनार, सोही ठाउँका ३८ बर्षका ओविन गोतामे र जिपका चालक देवदह नगरपालिका–२ खैरेनीका मदन पुरी घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।
घाईतेको थप उपचारका लागि पोखरा लगिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे