कलेजले शुक्रबार कलेज परिषरमा आयोजना गरेको उक्त प्रतियोगितामा फष्ट रनरअपमा फ्लेम्बी फोर्स , सेकेण्ड रनरअपमा रेलिङ रवलर्स र ससर स्क्याड समुहले थर्ड रनरअप जितेका हुन् ।
ब्याटल अफ क्युजिन नाम राखिएको प्रतियोगितामा ८ वटा टीममा ३२ जनाले विद्यार्थीले भाग लिएका कलेजका प्राचार्य सुरज शिवाकोटीले जानकारी दिनुभयो । सो अवसरमा सहभागी विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा सहभागी समुहहरुले पश्चिमी शैलीका विभिन्न परिकार प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रस्तुत गरिने व्यञ्जनहरूको स्वाद, प्रस्तुति, मौलिकता तथा समूहगत कार्य क्षमताको आधारमा समुहको मूल्यांकन गरिएको उहांँले बताउनु भयो । मुल्यांकन कर्तामा कसरा रिसोर्ट प्रमुख सेफ थानेश्वर भण्डारी र ल्याण्डमार्क नारायणगढका सेफ हेतईकर रहनु भएको थियो ।
बिएचएमका बिद्यार्थीहरुलाई प्रोत्साहन दिन र व्यवसायिक रुपमा तयारी गर्ने उद्धेश्य सहित इन्ट्रा कलेज कुलीनरी आर्टस प्रतियोगिता राखिएको बिएचएम विभाग प्रमुख दिपेन्द्र सुबेदीले जानकारी दिनुभयो ।सत्यतथ्यसमाचारबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे