टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिक अप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् ।
उनिहहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घाइते हुनेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठार्ईको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
आज गाईजात्राका लागि उनीहरू पिकअपमा धनकुटा बजार आउँदै गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे