२०८२ जेष्ठ १०, शनिबार
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुइस रिजालले इजरायली सेनाले उनीहरुलाई उद्धार गरी सुरक्षित स्थान तेलअभिभतर्फ लगेको बताए । इजरायलमै रहेका रमेश जोशीले पनि धेरै नेपालीलाई सेनाको स्कार्टिङ गरेर सुरक्षित स्थानतर्फ लागिएको बताए ।
उनले घाइतेमध्ये गम्भीर एक जनालाई ब्रिसेक अस्पतालबाट जेरुसेलम अस्पताल लगेर दोस्रो चरणको शल्यक्रिया गर्ने तयारीमा रहेको बताए । अहिले बिरामी आफै बोल्न सक्ने अवस्थामा रहेको उनले बताए ।
झापाली समाज इजरायलका अध्यक्ष दिपकप्रसाद ओलीका अनुसार रिक्स जोनमा रहेका ४७ नेपालीलाई आइडी अफको सहयोगमा सुरक्षित स्थामा सारिएको हो । अब कुनै पनि नेपाली रिक्स जोनमा नरहेको समेत उनले बताए ।
टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत २९ भदौमा अध्ययनका लागि त्यसतर्फ गएका थिए । तीमध्ये १० जनाको हमासको आक्रमणमा परी मृत्यु भइसकेको छ ।
गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन् । उद्धार गरिएका नेपाली विद्यार्थीलाई इजरायली सेनाले नेपाली दूतावास रहेको स्थान र केहीलाई बेतकाम भन्ने क्षेत्रमा राखेको छ ।
इजरायली सेनाले उद्धार गरेका नेपाली विद्यार्थीमा बडिमालिका–७ बाजुराका रमेशबहादुर कार्की, गढिमाई–४ रौतहटका विनोदप्रसाद साह, टीकापुर–१ कैलालीका आभास भट्टराई, कृष्णपुर–२ कञ्चनपुरका नरेशसिंह भण्डारी, मष्टामाण्डु–८ डडेल्धुराका लोकेन्द्र बिष्ट, टीकापुर–६ कैलालीका रोहित नायक, पिपरिया–४ रौतहटका निरञ्जनकुमार कुसवाह र दोधारा–९ कैलालीका अरबिनकुमार चौधरी रहेका छन् ।
त्यस्तै टीकापुर–९ कैलालीका उपेन्द्र जिसी, धनगढी–२ कैलालीका ओमप्रकाश उपाध्याय, लम्कीचुहा–१ कैलालीका गणेश साउद, घोराही–४ दाङका बादल सुवेदी, सिम्ता–२ सुर्खेतका प्रविण जिसी, मेलौली–५ बैतडीका गणेशप्रसाद जोशी, बंगलाचुली–३ दाङका नविन घिमिरे, रत्ननगर–४ चितवनकी श्रेया तिवारी, लम्किचुहा–७ कैलालीकी विपना जोशी, पयुँ–५ पर्वतका नारायण भुसाल, रेसुंगा–२ गुल्मीकी मनिषा खनाल, गेरुवा–६ बर्दियाका लुइस रिजाल, मेलौली–९ बैतडीका प्रमोद भट्टलाई पनि इजरायली सेनाले उद्धार गरेको छ ।
त्यस्तै सेनाले कमलामाई–२ सिन्धुलीका अनुप अधिकारी, तुलसीपुर–१२ दाङका समर्पण आचार्य, टीकापुर–१ कैलालीका निश्चल पाण्डे र रचना चौधरी, भरतपुर–१५ चितवनकी विभुषा अधिकारी, बान्निगढी जैगढ–२ अछामकी सुष्मा रेग्मी, लम्किचुहा–९ कैलालीकी आशा मिश्र, गोदावरी–२ कैलालीकी कल्पना जोशी, बढियाताल–३ बर्दियाकी शिलाकुमारी यादव, त्रिवेणी–५ सल्यानकी साधना बोहरा र त्रिपुर–५ दाङका विपिन सुवेदीलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।
उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने
इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा-त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरु गरेको छ ।
यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्न दूतावासले आह्वान गरेको छ ।
यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । दूतावासले नेपाल फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउने तयारी थालेको जनाएको छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे