२०८२ जेष्ठ ९, शुक्रबार
जेठ प्रर्दशन गर्ने लक्ष्यका साथ तिब्र गतिमा निमाण भैईरहेकाे चलचित्र भागदाैडमा नेवारी कला संस्कृति र भेषभुषाका साथै गरिब नेवार समुदायमा जन्मिएकि केटि पढ्नका लागि संघर्ष गर्दै सफल भएकाे प्रेरणादायिक कथा समेत समेटिएकाे निर्माण पक्षले जानकारि दिएकाे छ।
चलचित्रकाे छायांकन ललितपुरकाे बुङमति बागमति गांउपालिका र काठमाडौंकाे बालाजु लगायतका स्थानमा गरिएकाे छ। काेहि भविष्य बनाउन भागदाैड गरिरहेका छन् भने काेहि समाजलाई ठगेर भागदाैड गरिरहेका छन्।तर यस्ता किसिमका भागदाैडकाे गन्तव्य के हुन्छ भन्ने सन्देश दिन खाेजिएकाे छ।
चलचित्र भागदाैड युवा पुस्ताले हेर्नै पन्ने र नेवारी समुदायले हेर्न छुटाउन नहुने चलचित्र बनेकाे सिनेमा बिश्लेष्कहरुकाे निष्कर्ष छ।
आम नेपाली जनसमुदायलाई जागृत बनाउने र शिक्षाप्रद उक्त चलचित्र हरेक नेपालीले एक पटक हेर्ने पने बनेकाे छ। सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लि द्वारा निमाण गरिएका चलचित्र भागदाैडका निर्माता विश्वराम विष्ट हुन भने कार्यकारी निर्मातामा मन्जु तमाङ,शान्ति गुरुङ ,प्रकाश खनाल, डिलकुमारि नेपाल रहेका छन्।
महिला सशक्तीकरणकाे मुद्वालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएकाे चलचित्र भागदाैड्मा देशभक्त खनाल , लक्ष्मि गिरि शेखरचापागाई, शंकर महजन ,घनश्याम जाेशि ,विशाल पाेख्रेल ,अनिशा श्रेष्ठ ,शारदा राई,सुवास तिमिल्सिना ,राजेन्द्र कुवंर ,डा.रजत श्रेष्ठ ,सुदिप कुवंर, पदमबहादुर भण्डारी ,सराेज यादब यादब लगायतका कलाकारहरुकाे जाेडदार अभिनय रहेकाे छ।
यस्तै सम्पादनमा प्रविन ढकाल, संगतमा प्रकाश नेपाली र वसन्त सापकाेटा ,छायांकनमा दिपक बज्राचार्य ,लेखन र निदैशनमा हिमाल उप्रेती रहेका छन् ।चलचित्र भागदाैड कस्ताे बनेकाे छ? आम दर्शक प्रर्दशनको ब्यग्र प्रतिक्षामा छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे