२०८२ जेष्ठ ५, सोमबार
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मनकामना अस्पतालबाट भएको बिरामीको उपचारपछिको भुक्तानी दाबी झुटो रहेको पाइएपछि ३ महिनाका लागि सेवा रोकिएको जानकारी दिए।
‘तत्कालका लागि ३ महिना सेवा रोक्न भनेका छौं,’ थप अध्ययनबाट अरु दोषी देखिए कार्यक्रम नै खारेज गर्ने सम्मको प्रक्रिया हुन्छ’, कार्यकारी निर्देशक काफ्लेले भने, ‘बीमा बापतको उपचारमा अस्पतालले मनोमानी गरेको पाइयो।’
गुनासो आएपछि केही महिना अघि बोर्डले अस्पतालको अनुगमन गरेको थियो। बिमितबाट पनि पैसा लिने र बोर्डबाट पनि दाबी गरेर दोहोरो भुक्तानी दाबी गरेको देखिएपछि कारबाही स्वरुप सेवा स्थगन गरिएको उनले बताए।
बिमितबाट पैसा असुलेको पुष्टि भएपछि सम्बन्धित बिमितलाई पैसा फिर्ता गर्न पनि निर्देशन दिइसकिएको उनको भनाइ छ।
चितवनमा हाल भरतपुर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, पूरानो मेडिकल कलेज, बकुलहर अस्पताल रत्ननगर, बघौडा अस्पताल माडी, भण्डारा अस्पताल, भरतपुर आँखा अस्पताल, गुञ्जमान सिं अस्पताल रत्ननगर, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, इच्छाकामना अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम चलाइरहेका छन्।
स्वास्थ्य बीमा आवद्ध हुन प्रत्येक परिवारले ५ जनासम्मको वार्षिक ३ हजार ५ सय र सो माथि सदस्य रहेमा प्रत्येकको थप ७ सय रुपैयाँ तिर्नुपर्छ। बीमा सेवा लिने व्यक्ति आफैंले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ। यसलाई बीमा बोर्डले सहभुक्तानी भनेको छ।सेतोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे