२०८२ जेष्ठ ६, मंगलबार
दिउसो २:४५ बजेको समयमा नवलपुरको गैडाकोट न.पा. वडा नं. ९ थुम्सी स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट भैरहवा तर्फ जाँदै गरेको लु२ख ६६७२ नं. को बस र बुटवल देखी नारायणगढ तर्फ आउदै गरेको लु२ख ६९८५ नं. माइक्रो बस एक आपसमा ठोक्किएका थिए।
माइक्रो बसमा सवार ९ जना मानिसहरु घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको र बसमा सवार कसैलाइ केही नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
माइक्रोमा सवार निम्न व्यक्तिहरु घाइते भएका छन्।
१.माइक्रो बस चालक -जि. रुपन्देही देवदह न.पा. २ बस्ने बर्ष ४२ को बिनोद सिह ठाकुर निधारमा चोट मध्यम ।
२. माइक्रोको सहचालक- ऐ. बस्ने बर्ष २९ को गोपाल मगर शरिरको बिभिन्न भागमा चोट मध्यम
३. सोही माइक्रोमा सवार -जि. चितवन भरतपुर म.न.पा. १६ बस्ने बर्ष २१ कि अनिता नेपाली निधारमा चोट मध्यम
४. ऐ. बस्ने बर्ष ३६ कि बिण्णु नेपाली टाउकोमा चोट मध्यम ।
५. जि. रुपन्देही बुटवल उ.म.न.पा. ५ बस्ने बर्ष २२ कि बर्षात सुबेदी भित्री चोट मध्यम ।
६.जि. रुपेन्देही बुटवल उप-म.न.पा. १३ बस्ने बर्ष ३० कि जमुना लामाको हात र खुट्टामा सामान्य चोट ।
७.जि.चितवन भरतपुर म.न.पा. १६ बस्ने बर्ष ७ को समर्थ नेपाली
८.जि. चितवन भरतपुर म.न.पा.भ.म.न.पा. १९ बस्ने बर्ष २५ को अनुप गुरुङको हात-खुट्टामा चोट अवस्था मध्यम ।
९.जि. चितवन भरतपुर म.न.पा.भ.म.न.पा. १६ बस्ने होम बहादुर रुचालको दाहिने आँखामा चोट स्थानिय सुमन मेडिकलमा उपचार भईरहेको ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे