२०८२ जेष्ठ १०, शनिबार
लोकसेवा आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलालाई बुझाएको ६४ औँ प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सञ्चालन भएका परीक्षामा गुल्मी जिल्लाबाट सबैभन्दा बढी उम्मेदवार सिफारिस भएका छन् ।
यस्तै, दोस्रो बढी उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्गजा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि क्रमशः सर्लाही, जुुम्ला र धनुषा जिल्लाका उम्मेदवार बढी सिफारिस भएका छन् ।
प्रदेशगततर्फ सबैभन्दा बढी मधेश प्रदेशबाट ६८४ र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा कम ३९१ उम्मेदवार सिफारिस भएका छन् । यस आर्थिक वर्षमा सिफारिस हुने उम्मेदवारको औषत उमेर २८ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९-८० मा निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरुमा एक लाख ३० हजार ४२१ उम्मेदवार सम्मिलित भएका थिए । सम्मिलितमध्ये ४५ हजार ७१५ महिला र ८४ हजार ७०६ पुरुष थिए ।
जसमध्ये तीन हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । जहाँ एक हजार ९९ महिला र दुई हजार पाँच सय ७६ पुरुष रहेका छन् ।
परीक्षामा अनियमितता गर्ने १९ महिला २४ पुरुष गरी ४३ जना उम्मेदवार कारबाहीमा परेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे