२०८० आश्विन ८, सोमबार
प्रकाश भण्डारी: वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको लागि गैँडाकोटमा २९२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।पहिलो र दोस्रो दिन बिभिन्न पदमा २९२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले नवलपुर अनलाइनलाई बताउनुभयो।
मेयर पदका लागि ६ जना, उप मेयर पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै वडा अध्यक्षका लागि ६५, महिला वडा सदस्यका लागि ५४, दलित महिला वडा सदस्य ४३, वडा सदस्य २ जनाका लागि ११८ गरि दोस्रो दिन जम्मा २९२ जनाको आवेदन परेको छ।
पहिलो दिन २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। हिजो र आजको तथ्यांङ्क अनुसार २९२ जनाको उम्मेदवारी परेको छ। सबै उम्मेदवारहरूको नामावली केहीक्षणमा प्रकाशन गर्नेछौँ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे