२०८३ कार्तिक ३०, सोमबार
-सुवास वेलवासे
हरेक क्षेत्रको सन्तुलित विकासका लागि जनसक्तिको तदानुसार व्यवस्थापन हुनु जरुरि हुन्छ। सोहि सन्दर्भमा पछिल्ला केहि बर्षहरुमा लोकसेवाद्वारा लिईने प्रशासन(सामान्य प्रशासन/राजश्व/पररास्ट्र) सेवामा प्राविधिक जनसक्तिको आवेदन र सिफारिसको दर बढ्दो क्रममा रहेको देखिन्छ।


कुनै पनि नेपाली नागरिकले गैरकानुनि काम बाहेक आफुले मन लागेको पेशा वा क्षेत्रमा काम गर्न सविधानत पाउँछ।नेपालमा कृषि, पशु विज्ञान, इन्जिनियरिङ, वन, स्वास्थ्य तथा अन्य प्राविधिक विषय अध्ययन गरेका जनशक्तिहरू प्रशासनिक सेवातर्फ आकर्षित भइरहेको विषय सार्वजनिक प्रशासन र जनशक्ति व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण छ ।
अध्यायन र पेशाका हिसाबले कुनै एक क्षेत्र बाट बिभिन्न कारणले अर्को पेशा वा क्षेत्रामा छिर्नु कुनै नौलो कुरा नभएपनि प्राविधिक जनसक्तिको बढदो बैदेशिक पलायन संगै आन्तरिक जनसक्ति पलायनपनि हुन लागेको हो कि भन्ने चिन्ता र चासो बढेको छ।
प्राविधिक क्षेत्रमा यथस्ट रोजगारीको कमि, आर्थिक एवं सामाजिक प्रतिष्ठा, प्रशासनिक नेतृत्व र व्यवस्थापकीय जिम्मेवारीप्रति व्यक्तिगत एवं व्यवासायिक रुची, प्राविधिक जनसक्तिलाई सरकारी सेवामा अवसर र नेतृत्वबाट बन्चितिकरण लगायतका विषयले गर्दा प्राविधिक जनसक्ति प्रशासन क्षेत्र तर्फ आकर्षित भैरहेको छ। यसका सकारात्मक र नकारात्मक दुबै अवयवहरु रहेका छन।
सकारात्मक पक्ष: विभिन्न क्षेत्रगत ज्ञान र अनुभवको उपयोग, प्राविधिक र अप्राविधिक जनसक्तिबिच समन्वयत्मक भूमिका सुदृढ हुने, बिकास प्रशासनमा उपयोगी, तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड/नीतिगत सुधार लगायतका विषय सकारात्मक रहेका छन। यसलाई स्विभाविक प्रक्रियाका रुपमा लिन सकिन्छ।
सम्भावित नकारात्मक पक्ष: प्राविधिक जनसक्तिको आनतरिक पलायनले गर्दा प्राविधिक क्षेत्र अस्थिर भई सन्तुलित विकास र समग्र विकास प्रशासनलाई नै प्रभाव पर्न सक्छ, प्राविधिक ज्ञान, शिप एवं विशेषज्ञताको क्षयिकरण र दक्ष प्राविधिक जनसक्तिको उपलब्धताको कमिले ले गर्दा नवप्रवर्तन, उत्पादन र विज्ञानको क्षेत्रमा नकारात्मक असर पर्ने देखिन्छ, तिन तहको सरकारले प्रदान गर्ने प्राविधिक सेवामा प्रत्यक्ष असर पर्ने देखिन्छ, प्राविधिक शिक्षामा राज्यको लगानीको न्यून उपयोग हुने शम्भावाना रहन्छ जसले नेपालको अर्थतन्त्रमा नकारात्मक असर गर्नुका साथै अन्य क्षेत्रहरुमा समेत असन्तुलन पैदा गर्न सक्छ।
सुधारका उपाय र निष्कर्ष:
राज्य संचालनलाई आवस्यक पर्ने स्थायी सरकार अर्थात कर्मचारीतन्त्रमा प्राविधिक जनसक्तिलाई थप आकर्षण गर्न प्राविधिक सँगसँगै प्रशासन सेवा संग अन्तर-सेवा समन्वय र सहकार्य, नीतिगत एवं व्यवस्थापकीय नेतृत्व, यथस्ट वृतिविकास/अवसर, विशेष सुविधा लगायतका विषयहरुको सुनिश्चितता र निजि क्षेत्रमा कार्यरत जनसक्तिलाई थप रोजगार/उधमशिलता सिर्जना गर्ने वातावरण सिर्जना गर्न सके मात्र प्राविधिक जनसक्तिको बैदेशिक र आन्तरिक पलायन केहि हदसम्म कम गर्न सकिन्छ।अति कम विकासित मुलुकबाट विकासशील राष्ट्रका रुपमा हुने स्तरोन्नतिको संघारमै रहेको हाम्रो देशमा सन्तुलित विकास र समृद्दी हासिल गर्न प्रशासनिक क्षेत्रमा प्राविधिक जनसक्तिको प्रवेश र आकर्षणलाई नकारात्मक रुपमा लिनुभन्दा प्राविधिक सेवामा समान प्रतिष्ठा/अवसर, प्रोत्साहन/सुविधा प्रदान गरि दुबै जनासक्तिको अधिकतम उपयोग तर्फ नेपाल सरकार र सम्बन्धित सरोकारवालाको ध्यान जानु जरुरि छ ।
ठेगाना: सी.न.पा.-०९ रुपन्देही
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे