• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ६, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
३

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
७

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
८

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
९

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
१०

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
११

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार
१२

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले लिए शपथ

२०८३ आश्विन ७, बुधबार

विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार

  • ४९६ पटक पढिएको
  • काठमाडौं, जेठ २७ गते । बाढी, पहिरोलगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।

    प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका सन्दर्भमा प्राधिकरणले प्रभावित जनसङ्ख्या अनुमान गरेको हो ।

    “कुनकुन क्षेत्रमा बढी वर्षा हुने रहेछ, त्यसले कहाँकहाँ बढी प्रभावित बनायो ? बाढी पहिराबाट हुने मृत्युलगायत अन्य जोखिम के रहेछ, विगतको समग्र ट्रेण्ड विष्लेषण गरियो”, डा भट्टराईले भन्नुभयो, “सोही आधारमा जोखिम न्यूनीकरणका पूर्वतयारी तथा राहत, उद्धार तथा पुनःस्थापनका लागि समन्वयात्मकरुपमा प्रतिकार्य योजना तयार भएको छ ।”

    गत वर्ष (विसं २०७८) मा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । विसं २०७८ मा बढीबाट ६३ र पहिराबाट १८२ सहित ४९० को मृत्यु भयो । बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना बेपत्ता भए । प्रभावित जनसङ्ख्या अनुमान गरिएभन्दा बढी भयो ।

    विसं २०७८ मा आकलनअनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरिए पनि कात्तिकमा परेको बेमौसमी वर्षाले धानबालीसहित पुनः ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

    यसपाली पनि त्योक्रम दोहोरिने सम्भावना कायमै छ । मौसम विज्ञान विभागको तथ्याङ्कका आधारमा यसपाली प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी वर्षा हुने अनुमान रहेको डा. भट्टराईले जानकारी दिनुभयो ।

    तराईका अन्य क्षेत्रमा सरदरको वर्षा हुनेछ । बागमती प्रदेशको सिन्धुपाल्चोक र रामेछापमा बढी वर्षा हुने तथा उपत्यकामा सरदर वर्षा हुने सम्भावना छ ।     गण्डकी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशमा बढी हुने देखिएको डा भट्टराईले बताउनुभयो ।

    समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुनसक्ने देखिएको छ । ती वर्षा हुने भनी अनुमान गरिएका जिल्लासहितका क्षेत्रमा आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना बनिसकेका छन् ।

    मनसुन सुरु भएसकेको र कतिपय स्थानमा विपद्जन्य घटना देखिइसकेको छ, तर पनि केन्द्रीयस्तरको प्रतिकार्य योजना कार्यकारी समितिबाट अझै पारित भइसकेको छैन ।

    प्राधिकरणका अनुसार केन्द्रीयस्तरबाट प्रतिकार्य योजना तयारी भएको र त्यसलाई कार्यकारी समितिबाट औपचारिकता दिन मात्रै बाँकी रहे पनि विषयगत निकायले आवश्यक योजना बनाएर लागू गरिसकेका छन् ।

    जतिसुकै राम्रा योजना बने पनि कार्यान्वयन कस्तो छ भन्ने कुराले निर्धारण गर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । मुलुकमा पूर्वतयारी, आवश्यक स्रोतसाधन र जनशक्ति तथा समन्वयको अभावले विपद्जन्य घटनाबाट मुलुकले ठूलो क्षति बेहोर्दै आएको छ । प्रभावमा आधारित विपद् व्यवस्थापन कार्य हुन सकिरहेको छैन ।

    प्राधिकरणले सम्भावित जोखिमको आकलनका बारेमा जानकारी गराएर काम अघि बढाएको डा .भट्टराई बताउनुहुन्छ । विपदबारे मानिसमा बुझाइमा नै समस्या छ । राहत बाँड्ने मात्रै हो भन्ने बुझाइबाट माथि उठ्नुपर्ने आवश्यकता छ ।

    विपद् व्यवस्थापन विज्ञ डा कृष्णचन्द्र देवकोटा विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानीय समुदायमा भरपर्दो सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री एवं राहत, उद्धार तथा पुनःस्थापनका लागि चाहिने बन्दोबस्तीका सामान बेलैमा जोहो गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

    चुनौती कायमै
    नेपालमा जोखिम न्यूनीकरणमा गर्ने खास योजनको अभाव छ । प्राधिकरण बनेपछि भर्खरै मात्र नीतिगतरुपमा व्यवस्थापनको काम सुरु भएको जनाइन्छ, तर पूर्वसूचना प्रणालीका काम चाहिनेजति प्रभावकारी हुन सकिरहेको छैन । मौसम विज्ञान विभागले तीन दिनको वर्षाको अवस्था जानकारी दिन सक्ने भएको छ तर अझै धेरै काम गर्न बाँकी छ ।

    प्रभावका आधारमा हुने जोखिम अनुमान गरी त्यहीअनुसारको संस्थागत संरचना निर्माणमा काम गर्न बाँकी नै रहेको डा. भट्टराई बताउनुहुन्छ । स्रोतसाधनको अभाव छ । उहाँले भइरहेका स्रोतसाधन र जनशक्तिको अधिकतम उपययोग गरेर काम गरिरहेको बताउनुभयो । प्रतिकार्य गतिविधि कार्यान्वयन गर्न कार्य विभाजनको कमी, तालमेल र सञ्चार अभाव भएको तथा दोहोरोपना जस्ता चुनौती कायमै छ ।

    विपद् प्रतिकार्यका लागि उद्धार र राहत सामग्री व्यवस्थितरुपले भण्डारण गर्न पनि जरुरी छ । आवश्यकमात्रामा भण्डारण हुन नसक्दा विपद् निम्तिएपछि मात्रै राहत सामग्री सङ्कलनको आह्वान गर्नुपर्ने अवस्था विडम्बना हो । तत्कालका लागि व्यवस्थापन गर्ने सुरक्षित स्थानकोसमेत अभाव छ ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पालिकाहरुको भूमिका नै महत्वपूर्ण हुने हुनाले पालिकाहरुलाई नै जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ठोस कदम चालेको पाइँदैन । स्थानीय तहमा स्थानीय मनसुन पूर्वतयारी योजना बनाइ प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

    मनसुन प्रणाली विस्तार हुँदै
    नेपालको प्रदेश नं १ मा यही जेठ २२ गते आगमन भएको यस वर्षको मनसुन प्रणाली बिहीबारदेखि मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा प्रवेश गरेको छ ।

    देशका बाँकी भूभागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको थियो । रासस

  • मौसम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः

  • बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक

  • भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

  • कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?

  • समाचार
  • १

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • २

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • ३

    भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
    २०८३ कार्तिक ५, बुधबार

  • ४

    कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?
    २०८३ कार्तिक ५, बुधबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • ६

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • ७

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • ९

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • १०

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution