• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

डाबरको महमा न्यून खाद्य स्तर: बजारबाट तत्काल फिर्ता गरि बिक्री रोक्न बिभागको निर्देशन

२०८३ जेष्ठ ६, बुधबार
८

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
९

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
१०

भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- ‘कक्रोच जनता पार्टी’

२०८३ जेष्ठ ७, बिहिबार
११

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
१२

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार

ज्येष्ठनागरिक दुर्व्यवहार सवाल र समाधान

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ जेष्ठ ३१, मंगलबार

  • १२०० पटक पढिएको
  • श्रीधर लामिछाने

    पृष्ठभूमि :

    डिसेम्बर २०११ देखि जून १५ लाई The International Network for the Prevention of Elder Abuse (INPEA) 1997 भन्ने संस्थाको अनुरोधमा संयुक्त राष्ट्रसंघले अन्तरराष्ट्रिय ज्येष्ठनागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसको रूपमा मनाउने निर्णय गरेको थियो (resolution 66।127)।

    विश्वमा सबै भन्दा पहिले INPEA र विश्व स्वास्थ्य संगठनले संयुक्त रूपमा सन् १५ जुन २००६ मा मनाएको थियो। नेपालमा पनि ज्येष्ठ नागरिक सम्बन्धि काम गर्ने संघ संस्था र नेपाल सरकारले यो चेतना दिवस मनाउँदै आएको छ। भलै यो थोरै ठाउँमा सिमित किन नहोस यस वर्ष Combatting Elder Abuse अर्थात् “ज्येष्ठनागरिक दुर्व्यवहार बिरुद्धको लडाई” भन्ने नाराका साथ यो दिवस मनाईँदै छ।

    यो सन्दर्भमा १६ जून २०२२ मा रोममा हुन गईरहेको विश्वका मन्त्रिहरुको मन्त्रीस्तरीय बैठक (INPEA Side event UNECE Ministerial Conference on Ageing)  ले आगामी दशकका लागि ज्येष्ठ नागरिकहरुको क्षेत्रमा गरिनु पर्ने ५ प्राथमिक काम बारे व्यापक छलफल राखेका छन्। जसको उद्घाटन INPEA की अध्यक्ष सुसन समर ले गर्दै हुनुहुन्छ।आशा छ त्यो बैठकले संसारका ज्येष्ठ नागरिकहरुको मानव अधिकार प्रत्याभूति गर्न एउटा महत्वपूर्ण निर्णय लिनेछ। नेपाली ज्येष्ठ नागरिकहरुको सहयोगको लागि दुर्व्यवहार सम्बन्धि चेतना जगाउनु आवश्यक ठानेर यो लेख तयार गरिएको हो।

    ज्येष्ठ नागरिक दुर्व्यवहारको अवस्था: संसार भरि नै समाजमा ज्येष्ठ नागरिक दुर्व्यवहारका घटना दिनानुदिन बढ्दै गएको देखिन्छ सुनिन्छ र पढ्न पाइन्छ। यति सम्मकी कतिपय ज्येष्ठ नागरिकको नातीले हजुरआमालाई खुकुरी रेटेर मार्यो, गोलि हानेर हत्या गर्यो, छोराले भिर बाट खसाल्यो भन्ने सम्मका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको छन् । कुटपिट हुने उनीहरुको बृद्ध भत्ता जबर्जस्ती खर्च गरिदिने। उनीहरुको आफन्तले उपहार दिएको सामान र रकम अरुले हडप्ने जस्ता घटना प्रचुर मात्रामा छन्। नेपालमा त ज्येष्ठ नागरिकहरुको जिउनी भाग समेत जबरजस्ती वा ललाई फकाई गरेर बिक्रि गर्न बाध्य गराउने जस्ता घटना पनि हाम्रो समाजमा बग्रेल्ती देखिन्छ। उनीहरुलाई एक्लै घरमा छोडी दिने वा हेरचाह गर्न कठिन हुदै गएपछी उनीहरु बाट प्राप्त गर्नु पर्ने धन सम्पत्ती हातपारि सकेपछी वृद्धाश्रम नजिक लगेर छोडिदिने वा सडकमा वस्न बाध्य पार्ने घटना पनि कम छैनन्। अर्को तर्फ नेपालमा खुलेका ज्येष्ठनागरिक हेरचाह केन्द्र वा वृद्धाश्रमहरुमै पनि त्यस्ता शोषण हुने गरेका प्रशस्त उदाहरण देखिन्छ।

    यस्तो अवस्था लाई सकभर हुन नदिने वा न्यूनीकरण गर्ने बारे सरोकारवाला संस्थाले ध्यान पुर्याएको छैनन्। एक त ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण नै नकारात्मक रूपमा बदलिएको छ । जतिसुकै ज्येष्ठ नागरिक समाजका ज्युदो इतिहास हुन् भनेर लेख र किताव लेखे पनि उपयुक्त कानुनको अभाव र भएको कानुनको पनि प्रभावकारी कार्यन्वयन नहुनाले घटना घट्ने भन्दा बढ्दो अवस्थामा छ भन्नु अत्युक्ति नहोला। स्मरणीय छ  कि अल्जाईमर रोग बाट पीडित वा मानसिक समस्या भएका व्यक्तिहरु अझ धेरै सबै प्रकारको दुर्व्यवहारको शिकार हुन्छन्।

    दुर्व्यवहार के हो? : कुनै पनि ज्येष्ठ नागरिकलाई भौतिक, सामाजिक, मानसिक आर्थिक, यौन सम्बन्धि कुनै प्रकारको पिडा दिने चोट पुर्याउने वा कुप्रभाव पार्ने वा हानी पुर्याउने व्यवहार गरियो भने त्यस लाई दुर्व्यवहार भनिन्छ। चाहे त्यो व्यक्तिले वा संस्थाले गरेको होस्। व्यक्ति भन्नाले परिवार सदस्य वा ज्येष्ठ नागरिकको हेरचाह। स्याहार सुसार गर्ने जो सुकै हुन सक्छ। संस्था भन्नाले सरकारी वा गैर सरकारी वा निजि संघ संस्थाका कर्मचारी वा सहयोगी वा स्वयंसेवक भन्ने नै हो।

    मोटामोटी रूपमा ज्येष्ठ नागरिकहरू प्रति गरिने मुख्य मुख्य दुर्व्यवहारहरु:-

    • भौतिक दुर्व्यवहार:- शारीरिक कुटपिट, शारीरिक यातना, लडाई दिने, धकेल्ने, सक्ने भन्दा बढी श्रम गर्न लगाउने, नेपालका गाउँ घरमा त गरिबलाई देख्दै डाइने बोक्सी भन्ने दिसापिसाब खुवाउने तातोले डाम्ने अनेक प्रकारको दुर्व्यवहार गर्ने गरेको घटना प्रशस्त घटेका हुन्छन। थोरै मात्र संचार माध्यममा आउछन। धेरै घटना त्यतिकै लुकाईन्छन्। धेरै धेरै अमानवीय घटना घटिरहेको हुन्छ तर बाहिर आएको हुदैन। स्याहार गर्ने व्यक्तिले कतिपय अवस्थामा लागु औषधीको समेत प्रयोग गरेर दुर्व्यवहार गरेको घटना यो क्षेत्रमा काम गर्नेहरु बताउछन् । भौतिक दुर्व्यवहार हाम्रो गाउँघर र आश्रम दुवै ठाउँमा हुने गरेको पाइन्छ ।
    • अपहेलना वा वेवास्ता जस्ता दुर्व्यवहार गर्ने:- दिनभर मात्रै होइन राती पनि ज्येष्ठ नागरिकलाई घरमा एक्लै छोडिदिने, उनीहरुलाई खिज्याउने, जिस्काउने उनीहरुको आवश्यकतालाई प्राथमिकतामा नराख्ने चलन धेरै बढेर गएको देखिन्छ। उनीहरुको आवश्यक मागलाई सुने पनि नसुने जस्तो गर्ने । खान पनि कि छिटो दिने वा ढिलो चिसो भएपछी दिने व्यवहार पनि थुप्रै छन्। त्यस्तो व्यवहार ले आउदो पुस्तालाई के सिकाउला? विस्तारै उनीहरु प्रति दुर्व्यवहारको घटना बढिरहेको देखिन्छ। चाहिएको समान धेरै पटक भन्दा पनि नल्याई दिने यस्तो अवस्था बढेर गएको प्राय सबै जसो बृद्धाश्रम बस्न बाध्य व्यक्तिहरूबाट यस्ता प्रशस्त गुनासो सुनिन्छन्।

    विद्यमान समयमा नेपाली समाजले अझ भन्ने हो भने नयाँ पुस्ताका राजनीतिक नेतृत्वले त ज्येष्ठ नागरिक प्रति हेर्ने दृष्टि नै बदलेको जस्तो लाग्छ । उनीहरु प्रति मनोसामाजिक व्यवहारनै फरक देखिन्छ र सामुहीक बसाई उठाईमा त्यो प्रकट हुँदैन्। जब एक्लो भयो तव त्यस्ता दुर्व्यव्यवहार देखिन्छन्। उमेरको हद लगाएर उनीहरुको क्षमता र अनुभवलाई वेवास्ता गर्ने क्रम बढेको मात्र हैन अबमुल्यन गरिँदैछ। उदाहरणको रूपमा राजनीतिमा ७० नाघे पछी उनीहरु प्रयोगहिन हुन्छन याने कि काम लाग्दैनन् जस्तो गरिदैछ। मुख्य निर्णयहरुमा साहभागी गरिदैन। तर संसारमा हेर्‍यो भने धेरै राष्ट्र प्रमुखनै काममा काविल देखिएका छन्। जस्तो अमेरिकाका वर्तमान राष्ट्रपति जो बाईडन, यो भन्दा अघिल्लो राष्ट्रपति पनि त्यस्तै उमेरका थिए। खास भन्न खोजेको कुरा के भने उमेर ले हैन उनीहरुको शारीरिक वा मानसिक अवस्था लाई हेरे टिक्का टिप्पणी र व्यवहार गर्नुपर्छ।अहिलेको नेपाली युवा त सामाजिक संचार माध्यममा हेर्दा भाषण गर्दा सबै बुढाबुढी काम नलाग्ने भन्ने जस्ता अभिव्यक्ति सुनिन्छ। त्यस्ता थुप्रै राष्ट्र प्रमुख देख्न सकिन्छ जो उमेरले धेरै भए पनि कामको हिसावले युवाको जस्तो सक्रिय छन् नयाँ विचार सहित समाजलाई पथ प्रदर्शन गर्छन। गर्दैछन ।

    • मानसिक भावनात्मक दुर्व्यवहार गर्ने :- विशेषतः वृद्धाश्रममा आश्रीत ज्येष्ठ नागरिकहरुलाई अनेक प्रकारले धम्काउने तर्साउने, गरिएको हुन्छ । उनीहरु त्यसको बिरुद्ध आवाज निकाल्न सक्दैनन् किनकि घर बाट परित्यक्त भएका ज्येष्ठनागरिकहरु त्यहाँबाट पनि निस्कनु पर्ला भन्ने त्रास ज्येष्ठ नागरिकहरुमा हुन्छ। ज्येष्ठनागरिक कस्तो परिवारबाट आएका हुन्छन त्यसमा पनि भर पर्छ। जो सडकबाट ल्याइएका हुन्छन् उनीहरुलाई विभिन्न प्रकारका आरोप समेत लगाउने गरेको देखिन्छ। गाउँघरमा भने दु:खी गरिब परिवारका ज्येष्ठ नागरिक लाई खासगरि भन्दा महिलालाई त बोक्सीको आरोप लगाएर चरम यातना दिएको थुप्रै समाचार आउछन। उनीहरुलाई मल मुत्र खुवाउने देखि तातो पन्युले डामेका घटना पनि थुप्रैछन्। त्यस्ता चरम मानसिक यातना समाजको अवहेलनाको शिकार हुनुपर्दछ। त्यस्ता ज्येष्ठ नागरिकलाई आफन्त संग भेट्न नदिएर पनि सताइन्छन्। उनिहरूलाई माया गर्ने मान्छेले दिएको उपहार नदिने आदि पनि गुनासो सुनिन्छ ।
    • आर्थिक दुर्व्यवहार गर्ने:- ज्येष्ठ नागरिकहरुलाई गरिने दुर्व्यवहार मध्ये आर्थिक दुर्व्यवहार पनि निकै नै हुने गरेको छ। यस्तो दुर्व्यवहार फेरि पनि हेरचाह गर्ने स्याहार सम्भार गर्ने व्यक्तिहरुले नै गर्न सक्छन। आश्रित ज्येष्ठ नागरिकको नगद वा जिन्सी उनीहरुको अनुमति वा स्वीकृति बेगर झिकिदिने गर्छन। ज्येष्ठ नागरिकको सम्पत्ति उनीहरुको अनुमति बेगर आफ्नो नाउँमा सार्ने गर्छन। ज्येष्ठ नागरिकलाई आर्थिक प्रभाव पर्ने निर्णय आफूखुशी गरिदिन्छन।
    • यौन उत्पीडन वा दुर्व्यवहार गर्ने :- अहिलेको समाजमा ज्येष्ठ नागरिकलाई पनि यौन सम्बन्धित पिडा दिएको घटनाहरु थुप्रै भेटिन्छ यद्यपि सकेसम्म उनीहरुले प्रकट गर्न खोज्दैनन्। घटना भने भैरहेको हुन्छ। उनीहरुको निजित्व (Privacy) मा प्रभाव पर्ने गरि नांगै राख्ने, वा आफुले यौंन अंग देखाउने, जबरजस्ती रूपमा यौनजन्य क्रियाकलापमा प्रयोग गर्ने वा सहभागी गराउने घटना पनि थुप्रै हुने गर्छन तर यस्ता घटना बाहिर आउन नदिई सामसुम पारिन्छन । अहिले नेपालमा पनि निजि तथा गैर-सरकारी संस्थाहरुले चलाएका बृद्धाश्रम वा हेरचाह केन्द्र छन् तिनको अनुगमन गर्ने निकाय प्रभावकारि छैन न त यस्ता जटिल कुरामा अध्ययन समेत हुन् सकेको छैन्।
    • विश्वमा ज्येष्ठनागरिक दुर्व्यवहारको अवस्था:- विश्वमा सामाजिक आर्थिक संरचना फेरिएको छ। न्युक्लियर फेमिली बढ्दो छ । कृषिमा आधारित अर्थ व्यवस्था हैन बजारमुखी अर्थ व्यवस्था को दबदबा बढेको छ । धेरै जसो युवा समुदाय संयुक्त परिवारमा वस्नुको सट्टा एक्लो वस्ने प्रचलन बढेको छ। मानिसको इमोसनल भ्यालु बदलिएको छ। अनि बुढेसकाल बृद्धाश्रम वा हेरचाह केन्द्रमा आश्रीत हुनुपर्ने अवस्था बढेको छ । यस्तो परिस्थितिलाई ध्यानमा राख्दा ज्येष्ठनागरिक संग सम्बन्धित काम गर्ने संस्था पनि केहि हद सम्म सक्रिय हुन थालेका छन् यद्यपी यस्तो पहल नगन्य छ।

    अरु विषयको तुलनामा ज्येष्ठ नागरिक दुर्व्यवहार सम्बन्धि अध्ययन कम नै छ। विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा गरेको अध्ययन अनुसार अहिलेको विश्वमा हरेक ६ जना ज्येष्ठ नागरिक मध्य एक जना दुर्व्यवहारबाट पिडित हुन्छन भन्ने देखाएको छ। विश्वका २८ वटा देशमा गरेको अध्ययनले समुदाय स्तरमा भएका दुर्व्यवहार करिब १५.७% छ भने संस्थागत रुपमा भएको दुर्व्यवहार भने झन्डै दुइ तिहाई अर्थात् ६४.२% देखिएको छ। उक्त अध्ययनबाट दुर्व्यवहार धेरै प्रकारका भए पनि मुख्य रूपमा हेर्दा भावनात्मक, भौतिक, आर्थिक, वेवास्ता। अपहेलना र यौनजन्य दुर्व्यवहार गरि ५ समुहमा हेरिएको छ।

    दुर्व्यवहार न्यूनीकरणका उपाय:-

    • अन्तरराष्ट्रिय स्तरमा सन् १९९७ देखि निरन्तर ज्येष्ठ नगरिकहरू को पक्षमा काम गर्दै आएको संस्था INPEA ले माथि उल्लेखित मन्त्रि स्तरीय बैठकमा विषय विज्ञहरु को सहयोगमा आगामी दशकको निमित्त प्राथमिकताको क्षेत्र किटान गर्ने उद्देश्य लिएको छ । त्यसमा लामो समय देखि विषय विज्ञको रूपमा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद बाट अध्यन अनुसन्धानमा संलग्न विज्ञ Claudia Mahler (UN Expert) को प्रस्तुति मा मोटामोटी रूपमा निम्न अनुसार प्रस्तुत गर्ने सोच बनाएको बुझिएको छ:-
    • हरेक देशले ज्येष्ठ नागरिकहरूको सहभागितामा उनीहरु प्रति गरिने अन्यायपूर्ण र अमानवीय दुर्व्यवहार पत्ता लगाई प्राथमिकताको आधारमा संबिधान सम्बत ऐन कानुन निर्माण र परिमार्जन गर्दै कार्यन्वयन गर्नुपर्छ।
    • हरेक देशले उमेरका आधारमा ज्येष्ठ नागरिकहरु प्रति गरिने सबै प्रकारका अन्यायपूर्ण र अमानवीय व्यवहार रोक्नको लागि नीतिगत निर्णय र कार्यन्वयन गर्नुपर्छ ।
    • कोभिड १९ जस्तै भविष्यमा हुने महामारी एवम् प्रकोपहरुमा अन्य नागरिक जस्तै ज्येष्ठ नागरिकहरुको हक अधिकार सुरक्षित हुने रणनीति तय गरि सोहि अनुसार कार्यन्वयन गरिनुपर्छ ।
    • उनीहरुलाई पनि सुचनाको हक समयानुकुल प्रबिधि मैत्री बनाउने तालिमहरु तथा शिक्षा आर्जनको अवसर प्रदान गर्दै, सक्ने र इच्छा हुँदा सम्म अर्थपूर्ण सक्रियताको प्रत्याभूति गरिनुपर्छ ।
    • हरेक देशले ज्येष्ठनागरिक लाई अरु सरह सबै उमेर समुहका व्यक्तिहरु संग घुलमिल, खानपिन, सभा-समारोहमा सहभागी हुने अवसरको वातावरण सिर्जना गर्नुपर्दछ ।
    • हरेक देशले रेडियो, टि भी, पत्र पत्रिका लगायत सबै संचार माध्यममा ज्येष्ठ नागरिकहरुको विषय समावेश गर्ने वातावरण सिर्जना गर्नु पर्दछ। उनीहरुलाई एक्लो र निरस वातावरण मा जिउने वातावरण बाट मुक्त गरिनु पर्दछ ।

    उल्लेखित कार्यक्रममा नेपालको उपस्थिति के हुने थाहा छैन । तर नेपालको तर्फ बाट उल्लेखित कुरा बाहेक पनि ज्येष्ठ नागरिक कै विषयमा अहिले सम्म यु एन कन्भेन्सन हुन सकेको छैन त्यसको निमित्त दरो आवाज उठाउन जोड दिनुपर्नेछ।  उल्लेखित बाहेक नेपालमा सरकारले यस विषयमा गर्नुपर्ने काम निम्नानुसार छन् :-

    1. नेपालमा ज्येष्ठ नागरिकको हितको लागि भएको कानुनी व्यवस्थालाई नियाल्दा नेपालको वर्तमान संबिधानको धारा ४१ ज्येष्ठ नागरिक सम्बन्धि मौलिक हकको महलमा भनिएको छ “ज्येष्ठ नागरिक लाई राज्य बाट विशेष संरक्षण तथा सुरक्षाको हक हुनेछ” भनिएको छ। तर संविधानको उक्त प्राबधान अनुरुप को जेष्ठ नागरिक ऐन २०६३ परिमार्जन भएको छैन जसमा धेरै कमजोरीहरु पाइन्छन। त्यसको लागि अविलम्ब ऐन संशोधन हुनु जरुरि छ र सो मुताविक नियमावली परिमार्जन गर्नु आवस्यक छ ।
    2. ऐन र नियमावली धेरै फितलो खालको छ त्यसलाई चुस्त र प्रभावकारी बनाइ कार्यान्वयन गर्नुपर्दछ ।
    3. ज्येष्ठनागरिक को समस्त अवस्था लाई राष्ट्रिय रुपमा अध्ययनको खाँचो छ । उनीहरुको वास्तविक अवस्था थाहापाउन हामीले अहिले विदेशी संस्था जस्तै हेल्पेज इन्टरनेसनल, विश्व स्वास्थ्य संगठन, वा आइ एन पी इ ए (INPEA) जस्ता संस्थाको सहायता लिनु परेको छ किनकि आफ्नै त्यस्ता तथ्यांक कुनै नेपाली संस्था वा राज्य संग छैन भन्ने मेरो बुझाई हो। अनि वस्तुपरक योजना कसरि बन्छ र? राम्रो र सहि तथ्यांक भएको खण्डमा मात्र सहि काम हुन सक्ने हो।
    4. ज्येष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्ने सबै संस्थाहरुको प्रोफाइल राख्ने अद्यावधिक गर्ने र कामको आधारमा सहयोग जुटाउनु आवश्यक छ।
    5. ज्येष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्ने काम गर्ने संस्थाहरुलाई उचित तालिम उपलब्ध गराई क्षमता विकास गर्नु आवश्यक छ।
    6. नियमनकारी संस्थालाई प्रभावकारी रूपमा परिचालन गरि संस्थाको कामको मुल्यांकन गर्नु आवश्यक छ।
    7. राम्रो काम गर्ने संस्थालाई पुरस्कार र गलत काम गर्ने संघसंस्था र व्यक्ति लाई दण्डित नियमित रूपमा गर्नु आवश्यक छ।
    8. चेतनाकरण अभियानमा ज्येष्ठ नागरिक मात्र नभई विद्यालयका छात्र छात्रा र सम्बन्धित सरोकारवाला संस्थाका कर्मचारी परिचालित गर्नु वान्छनीय हुनेछ।

    हाल: अष्ट्रेलिया

     

  • श्रीधर लामिछाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सहकारी क्षेत्रमा कडाई, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

  • अख्तियारले राहदानी खरिद प्रकरणमा आरजुलाई बयानका लागि बोलायो

  • यी हुन् अमेरिका र इरानबीच भएको सम्झौताका १४ बुँदाहरु

  • खोलामा नुहाउन गएकी वृद्ध मृत फेला

  • समाचार
  • १

    सहकारी क्षेत्रमा कडाई, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन
    २०८३ अषाढ ४, बिहिबार

  • २

    अख्तियारले राहदानी खरिद प्रकरणमा आरजुलाई बयानका लागि बोलायो
    २०८३ अषाढ ४, बिहिबार

  • ३

    यी हुन् अमेरिका र इरानबीच भएको सम्झौताका १४ बुँदाहरु
    २०८३ अषाढ ४, बिहिबार

  • ४

    खोलामा नुहाउन गएकी वृद्ध मृत फेला
    २०८३ अषाढ ४, बिहिबार

  • ५

    पिआर लिएर विदेश बसेका दुईजना कम्प्युटर अपरेटरलाई कारबाही सिफारिस
    २०८३ अषाढ ४, बिहिबार

  • ६

    दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि जेल चलान
    २०८३ अषाढ ४, बिहिबार

  • ७

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
    २०८३ अषाढ ३, बुधबार

  • ८

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात
    २०८३ अषाढ ३, बुधबार

  • ९

    अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
    २०८३ अषाढ ३, बुधबार

  • १०

    जंगलमा युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ
    २०८३ अषाढ ३, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution