२०८० आश्विन १२, शुक्रबार
काठमाडौं। यो सातामा कैद भएका उत्कृष्ट १० तस्बिरहरु ।
भकारी बुन्दै १०५ वर्षीय पुर्जा: पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ ।
भरियाको सहारामा पाथीभरा देवीको दर्शन : ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजा गर्न आएका भक्तजनलाई बोकेर मन्दिरतर्फ लैजाँदै एक भरिया।
खेती गर्दै कृषक : बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका- ११ जब्दी गाउँमा पावर टिलरबाट खेती गर्दै कृषक ।
खेत जोत्दै : परम्परागत ढङ्गले गोरुको सहयाेगमा खेत जोत्दै मेलम्ची- १० का किसान ।
दोधारा चादँनी झोलुङ्गे पुल : कञ्चनपुरको महाकाली नदीमा निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल । एशियाकै लामो मानिने झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।
मराङ खोलामा पक्की पुल : म्याग्दीको मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–६ को सिमाना मराङखोलामा निर्माणाधीन पक्की पुल । यो पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाको वडा नं ५ मल्कवाङ र वडा नं ६ मराङका स्थानीयबासीलाई आवतजावतमा सहज हुनेछ ।
धान र बादल : पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटे क्षेत्रबाट देखिएको हरियो बन्दै गरेको धान र बादलसँग लुकामारी खेलेको माछापुच्छ्रे हिमाल ।
धान खेती पकेट क्षेत्र: बैतडीको पाटनस्थित धान रोपेको खेतको सुन्दर दृश्य । पाटन धान खेतीकाे पकेट क्षेत्र हो । तस्बिरहरुः रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे