• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
४

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
५

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
६

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
७

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
८

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
११

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
१२

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार

उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधी

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ श्रावण ९, सोमबार

  • ९३७ पटक पढिएको
  • भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारेमा जानकारी थियो ।

    धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उहाँलाई सिस्नोले तानेको थियो । पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुवाती प्रयास तथ्यहरुको खोजी गर्दैजाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो ।

    गुरुहरुले दिएको सुझावलाई आत्मसात् गर्दैजाँदा सिस्नोसँग मितेरी साइनो लगाउने प्रयास खण्डित भयो । त्यसपछि उहाँको दिमागमा आफूसँगै हुर्केको बकाइनोको रुखको याद आयो । “मैले सानैदेखि मेरो घर नजिकै मसँगै हुर्केको बकाइनोसँग मित्रता गाँस्ने निधो गरेँ । मलाई त्यसको फलका बारेमा थाहा थियो । त्यो फुल्ने याम पनि मैले देखेको थिएँ । मेरा घरमा बाख्राले तिनका पात खान्थेँ” श्रेष्ठले भन्नुभयो ।

    नेपाली समाजमा प्रचलित लोकोक्ति छ ‘ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन ।’ कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । 

    बाथरोगदेखि सेतो दुबीसम्म निको पार्ने औषधीय गुण बकाइनोमा हुन्छ भन्ने सुनेका श्रेष्ठले बुझ्दै जाँदा बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरासमेत निको भएको पत्ता लाग्यो । “नेपालको वन जङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुण बोकेको बकाइनोका बारेमा अध्ययन गर्ने निष्कर्षमा पुगेँ”, उहाँले भन्नुभयो, “तर त्यसले मात्रै मेरो अध्ययनको दायरा पुग्दैनथ्यो । त्यसपछि मैले बकाइनोसँगै कालो निउरो र अल्लोलाई पनि एक आपसमा जोडेर खोजबिन गर्ने निष्कर्ष निकालेँ ।”

    विशेषतः पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो बकाइनो । वनस्पतिको आनुवांशिक अध्ययन गर्ने विषय आफैँमा सजिलो काम होइन । तर श्यामशरणले त्यही गाह्रो काम रोज्नुभयो । उमेरले साढे तीन दशक पुग्दा नै नामको अगाडि डाक्टर लेखाउने धोको थियो सायद । तर गर्दै भन्दै जाँदा त्यो धोको पूरा हुन चार दशक लाग्न गयो । सन् २०१६ देखि नै विद्यावारिधिको अध्ययन सुरु गर्ने सोच थियो, उहाँको । गोरखा भूकम्प, पारिवारिक दायित्वले थिच्यो, उहाँलाई । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै श्यामशरणले सन् २०१७ देखि अल्लो, कालो निउरो र बकाइनोको रेशा केलाउने अध्ययन सुरु गर्नुभयो ।

    मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको वनस्पति विभाग हो । वन मन्त्रालयको वनस्पति विभाग अनि वनजङ्गल उहाँका अध्ययन क्षेत्र थिए । अनेकन अनुमति, अनेकन प्रक्रिया अनि अनेकन खोज सबै काम सँगसँगै अगाडि बढे । “उन्यूमा खासै अध्ययन भएको थिएन । त्यसमा पनि कालो निउरोका बारेमा त झनै थिएन”, उहाँले स्मरण गर्नुभयो । दक्षिणकालीको जङ्गलमा पुग्ने र निउरो खोज्ने काम नियमित हुन थाल्यो । सङ्गीता राजभण्डारी श्यामशरणको मुख्य गाइड हुनुहुन्थ्यो ।

    नेपाली समाजमा प्रचलित लोकोक्ति छ ‘ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन ।’ कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । त्यो पत्ता लगाउने उनै श्यामशरण हुनुहुन्छ ।

    अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।

    त्रिभुुवन विश्वविद्यालयमा दुई वर्ष र इटालीको पादोभा विश्वविद्यालयको डिर्पाटमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलमा ११ महिना लगाएर गरिएको अध्ययनले देखायो, बकाइनो, अल्लो र कालो निउरोमा क्यान्सर रोक्ने गुण रहेको पत्ता लाग्यो । संसारभर नै चैतमा खरमा डढेलो लागेजसरी फैलिएको क्यान्सर रोक्न ती वनस्पति उपयोगी हुने कुरा पत्ता लगाउनु आफैँमा महत्वपूर्ण उपलब्धि थियो ।

    एक दिन पादोभा विश्वविद्यालयको डिपार्टमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलका प्रोफेसर डाक्टर स्टेफानो हर्षित मुद्रामा श्यामशरणका अगाडि देखा परे । अरु दिनभन्दा स्टेफानो खुसी देखिन्थे । उहाँले अभिवादन गर्नेबित्तिकै स्टेफानो अझै खुसी देखिए र भने, “बधाई छ, श्यामशरण । तिम्रो अध्ययन सफल भयो । अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।”

    विशेषतःअल्लोले छालाको रोग निर्मूल पार्न सक्छ । मधुमेह र विशेषगरी महिलाको पाठेघरको क्यान्सर र कलेजोको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी हुने गुण पत्ता लागेको डा. श्यामशरणको भनाइ छ । सौन्दर्य प्रशोधनका सामग्रीसमेत यसैबाट बनाउन सकिन्छ । त्यसले कुनै पनि हानि नगर्ने देखिएको छ । प्राथमिकरुपमा पत्ता लागेका विषयलाई थप अध्ययन गरेर त्यसलाई औषधिमा नै परिवर्तन गर्न ठूलो लगानी र जनशक्ति आवश्यकपर्ने श्यामशरणको भनाइ छ । सरकारले यसमा विशेष चासो लिएर काम गरे, आफू त्यसका लागि सघाउन तयार रहेको उहाँले जानकारी दिनुभयो ।

    नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भाङ्ग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो आफैँमा बहुपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले नीलगिरि नेटलको नामले चिन्छन् । यसको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ ।

    अल्लोको कलिला मुना सागका रूपमा तरकारी खान पनि प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरीर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रुपमा पनि स्थानीयस्तरमा पहिल्यैदेखि प्रयोग हुनेगरेको छ । त्यसबाहेक यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी रहेको यसअघि नै पत्ता लागेको हो । अल्लो पछिल्ला दिनमा कार्पेट उद्योगमा पनि प्रयोग हुन थालेको छ ।

    अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यातसमेत हुनेगरेको छ । नेपालमा अल्लोको कपडा बनाउने उद्योगको पनि व्यावसायिक विस्तार भएको छ । हाल अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर १२०० देखि २००० रुपियाँ सम्म छ ।

    राष्ट्रियरुपमा अल्लोबाट निर्मित कपडाको माग उच्च रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न जिल्लामा अल्लोको उत्पादनमा विशेष जोड दिएको छ । अल्लोको प्रचुर सम्भावना भएको जिल्लामा  छुट्टै उद्योग स्थापना गरेर त्यसलाई व्यावसायिक रुप दिनुपर्ने माग पनि बढ्दै गएको छ । पर्वत, सङ्खुवासभाका किसानले पनि अल्लोबाट व्यावसायिक लाभ लिएका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घले ‘एक गाउँ एक उत्पादन अन्तर्गत अल्लो छनोट गरेको छ ।

    अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । नेपालको वन जङ्गल, पाखा पखेरा जतासुकै पाइने कालो निउरोबाट प्राणघातक क्यान्सर रोगको औषधि बन्नसक्छ भन्ने कुरा पत्ता लागेको छ । कालो निउरो मात्रै नभई बकाइनो पनि उत्तिकै महत्वपूर्ण छ ।

    बकाइनो एक बहुउपयोगी प्रजाति 

    नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन् । त्यसमध्ये एक हो, बकाइनो । बकाइनोमध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो । बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ ।

    बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोग केही हदसम्म ठीक हुने डा श्रेष्ठको भनाइ छ ।

    बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाई पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा छर्किंदा थुप्रै किसिममा किटाणु तथा सागसब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूल गर्न सकिन्छ । खेत तथा बारीको बीचभागमा बकाइनोको बिरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागसब्जीमा लाग्ने किरालाई समेत विकर्षण गराउन सकिने सामाजिक मान्यता छ ।

    बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ । सेतो दुबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठीक हुन्छ । दाद आएका खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाई कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ । पत्थरी रोगमा भएमा बकाइनोको एक चम्चा पातको रसमा र आधा चम्चा ज्वाखार मिलाएर बिहान÷बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थरी ठीक हुने प्रमाणित नै भइसकेको छ ।

    यसैगरी बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्ने र चौथाइ भाग बाँकी भएपछि सिसीमा राखेर एक–एक चम्चा बिहान–बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि दुई–चार दिनमै ठीक हुने उहाँको भनाइ छ ।

    बकाइनोलाई दाँत माँझ्न पनि प्रयोग गर्न सकिन्छ । स्त्रीको मासिक धर्म धेरै पटक भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहानबेलुका खाने गरेमा उक्त समस्याबाट मुक्ति पाइन्छ । गर्भाशय शुद्धिका लागि पनि बकाइनोको पातको रस नित्य एक एक चम्चा बिहानबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुने प्रमाणित नै भइसकेको छ ।

    बकाइनो चीन, जापान, भारतीय उपमहाद्वीप, दक्षिण–पूर्वी एशिया र उत्तरी तथा पूर्वी अष्ट्रेलियाको ठूलो क्षेत्रको रैथाने वनस्पति हो । यो सामान्यतया नेपालमा ७०० देखि १३०० मिटरसम्म पाइन्छ । बकाइनो चाँडो बढ्ने, पतझर रूख हो जुन घना, ओसिलो जङ्गलमा लगभग ४५ मिटरको उचाइमा पुग्न सक्छ । यो चिसो र सुख्खा क्षेत्रमा धेरै सानो हुन्छ जहाँ यो कहिलेकाहीँ हुर्कन्छ र केबल १०–१५ मिटर अग्लो हन्छ । सुरिलो बेलनाकार काण्डको २० मिटरसम्म हाँगा हुँदैनन् । रूख सामान्यतया पतझर हुन्छ, तर आर्द्र उष्ण क्षेत्रमा केही सदाबहार हुन्छन् । यो राम्ररी मुना आउने प्रजाति हो ।

    निउरो नयाँ स्वाद 

    श्रेष्ठलाई धेरैले उन्यूका डाक्टर भनेर चिन्छन् । उहाँलाई त्यसमा कुनै गुनासो छैन । “मैले त्यसैमा पढे र त्यसैका सिके । त्यसमा औषधीय गुण हुन्छ भन्ने पत्ता लगाए”, श्रेष्ठले भन्नुभयो । पाठेघरको क्यान्सर रोक्न तथा मधुमेहका रोगीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पाइएको उहाँको भनाइ छ ।

    सन् २०२२ को जुलाई ४ मा मात्रै उहाँले विद्यावारिधिको उपाधि पाउनुभयो । छाला रोगको उपचार, झाडाबान्ता रोक्न, पिसाब पोल्ने रोगको निदानका लागि पनि निउरोको उत्तिकै महत्व छ । पेटजन्य अन्य रोगको नियन्त्रणका लागि पनि यसको सेवन महत्वपूर्ण मानिन्छ । निउरो रोप्न पर्दैन । रोपेर पनि उत्पादन गर्न सकिन्छ । तर वनजङ्गलमा आफैँ पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो ।

    निउरो खानुको फाइदैफाइदा छन् । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ ।

    पहाड र तराई सबैतिरको जङ्गलमा निउरोे पाइन्छ । तर यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जङ्गलमा पाइने निउरो बढी स्वादिलो मानिन्छ । वन जङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । यो पूर्णतः जैविक हुन्छ ।

    निउरो खानुको फाइदैफाइदा छन् । पोषणविद्ले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताइन्छ ।  यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् ।

    भक्तपुरे रैथाने श्यामशरणले भन्नुभयो, “कौडीको भाउमा नेपालको प्राकृतिक वनस्पति विदेश निर्यात नगरौँ । त्यसलाई नै डलर आर्जन गर्ने माध्यममा परिणत गरौँ ।” औषधीय गुण भएका वनस्पतिको प्रवर्धन गर्न  पीपल एण्ड प्लान्ट’ को अवधारणामा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

    “नेपाल औषधिको भण्डार हो । यसको विकास र प्रवर्धन गरे मात्रै पनि अरु केही गर्नु पर्दैन । सम्भावना नै सम्भावना छ यसैमा छ उहाँले भन्नुभयो, “यसमा खोजी गर्ने जनशक्ति तयार गरौँ । लगानी बढाऔँ । उद्योग व्यवसायको विस्तार गरौं । त्यसका लागि सरकारले नै चासो देखाओस् ।”  रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

  • यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

  • क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

  • गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • समाचार
  • १

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • २

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • ३

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ४

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ५

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ६

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • ७

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • ८

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • ९

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • १०

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution